नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- हुथीद्वारा लाल सागरमा रहेको बेलायती जहाजमा हमला
- अक्टोबर ७ को हमास हमलामा अपहरित र मृतक विदेशी नागरिकको सम्मानमा जेरुसलेममा एक स्मृति सभा
- हिजबोल्लाहले पहिलोपटक इजरायलसंग निशर्त युद्ध विरामको माग गर्यो
- इजरायल युद्ध – मुख्य घटनाहरुको समयरेखा
- अक्टोबर ७ को आतङ्कवादी आक्रमणको एक वर्ष
- इजरायलले लेबनानका शान्ति सेनालाई ठाउँ छोड्न आग्रह गर्यो, शान्ति सेनाद्वारा अस्वीकार
- यी हुन् विपिनसहित ९७ जना बन्धक – जो अझै हमासको कब्जामा छन
- मेक्सिकोबाट लुकिछिपी अमेरिका छिर्न खोज्दा गोली चलाइयो ६ मारिए, नेपाली सकुशल
हमासले इजरायली सैनिकको टाउको ८ लाखमा लिलामीमा राखेको आरोप
तेलअहिव- इजरायल र हमास युद्धमा हालसम्म हजारौंले ज्यान गुमाएका छन् । इजरायलले हमासका ‘आतंककारी’हरूलाई नसिध्याएसम्म आफ्नो काम नरोक्ने वाचा गरेको छ।
यसैबीच इजरायली सैनिकका बाबुको एउटा भयंकर पीडा बाहिर आएको छ । एक हमास लडाकुले उनको छोराको टाउको काटेर लिलामी गरेको बाबुले आरोप लगाएका छन् ।
डेभिड तहर नामका यी व्यक्तिले च्यानल १४ लाई दिएको अन्तर्वार्तामा छोरा सीपीएल अदिर तहरको मृत्यु भएको खुलासा गरेका छन् ।
डेभिडले अक्टोबर ७ मा गाजा सिमानामा रहेको इजरायली सैन्य चौकीमा तैनाथ गरिएको बताए । हमास लडाकुहरूले पोस्टमा आक्रमण गरी अदीरलाई मारेका थिए। यसपछि हमासका लडाकुहरूले आदिरको टाउको काटेर १० हजार डलरमा लिलामी गर्ने घोषणा गरेका थिए ।
डेभिडले इजरायलको राष्ट्रिय चिहानमा अदिरको शव फेला पारेको बताए। उनले भने, ‘मेरो छोराको शव क्षतविक्षत थियो, उनको अवस्था यति नाजुक थियो कि चिन्नै गाह्रो भयो। डीएनए परीक्षणबाट शवको पहिचान भयो,’ उनले भने ।
डेभिडले दुई महिनासम्म अदिरको शरिर घर–घरमा खोजे पनि कुनै जानकारी पाउन नसकेको बताएको तर डिसेम्बरमा इजरायली गुप्तचर विभागले आफ्नो छोराको शिर फेला पारेको थाहा पाए । आतंककारीहरूले यसलाई फ्रिजरमा राखेका थिए ।
डेभिड भन्छन्, ‘मैले मेरो छोराको टाउको फेला पार्ने बित्तिकै अदिरसँग धेरै गल्ती भए पनि अन्ततः उसलाई पुरै गाड्न सकिनँ भनेर मैले राहत महसुस गरें ।’
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :