काठमाडौँ । इजरेल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिबार दमास्कसमा इजरेलले गरेको हवाई आक्रमणमा परी पाँच जनाको मृत्यु भएको युद्ध अनुगमनकर्ताले बताएका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ, “इजरेली क्षेप्यास्त्र आक्रमणमा चारतले भवनलाई निशाना बनाइएको र पाँच जनाको मृत्यु भएको छ । इरानसमर्थित नेताहरूको बैठक भइरहेको सम्पूर्ण भवन ध्वस्त पारेको छ ।”
सिरियामा रहेका स्रोतहरूको सञ्जालसँग सम्बन्धित बेलायती निगरानीकर्ताका अनुसार लक्षित इलाका इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) र इरान समर्थक प्यालेस्टाइनी गुटका नेताहरूको उच्च सुरक्षा क्षेत्र मानिन्छ ।
अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले भने, “ती समूहका वरिष्ठ सदस्यहरूलाई लक्षित गरेर आक्रमण गरिएको थियो ।”
सिरियाको सरकारी सञ्चार माध्यमले पनि मध्यरातमा भएको आक्रमणका कारण आकाशमा धुवाँको मुस्लो उडेको जनाएको छ ।
सरकारी समाचार संस्था सानाका अनुसार दमास्कसको माजेह इलाकामा रहेको एक आवासीय भवनलाई लक्षित गरी आक्रमण गरिएको छ । उक्त समाचारमा हताहत भए-नभएको भने बताइएको छैन ।
घटनास्थलमा रहेका एएफपीका संवाददाताका अनुसार क्षतिग्रस्त भवनलाई एम्बुलेन्स, अग्निनियन्त्रक र सिरियाली अरब रेड क्रिसेन्ट उद्धार टोलीले घेराबन्दी गरेका छन् ।
पूर्ण रूपमा भत्किएको भवनको भग्नावशेषमुनि रहेका व्यक्तिको खोजीमा नागरिक सुरक्षा निकाय जुटेको उनले बताए ।
माजेह क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय, दूतावास र रेस्टुरेन्टहरू पनि छन् ।
“मैले पश्चिमी माजेह क्षेत्रमा विस्फोटको स्पष्ट आवाज सुनेको थिएँ र धुवाँको ठूलो बादल देखेको थिएँ,” स्थानीय प्रत्यक्षदर्शीले एएफपीसँग बताए ।
’यो आवाज क्षेप्यास्त्र विस्फोटसँग मिल्दोजुल्दो थियो र केही मिनेटपछि मैले एम्बुलेन्सको आवाज सुनें,” उनले भने।
एक दशकभन्दा लामो गृहयुद्धका क्रममा इजरेलले सिरियामा सयौं हवाई आक्रमण गरेको र त्यसमा मुख्यतया इरान समर्थित सेनाका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ ।
लेबनानको हिजबुल्लाह आन्दोलनजस्तै इरानको सहयोगी इजरेल र हमासबीच अक्टोबर ७ मा युद्ध सुरु भएयता उसले आक्रमणलाई तीव्र बनाएको छ ।
गत डिसेम्बरमा इजरेली हवाई आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड्सका एक वरिष्ठ जनरलको मृत्यु भएको थियो ।
सन् २०२० जनवरी ३ मा बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा सेनाका कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि रजी मौसवी इरानबाहिर मारिएका सबैभन्दा वरिष्ठ कमान्डर हुन् । सोही महिनामा पूर्वी सिरियामा इजरेलले गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना इरान समर्थक लडाकू मारिएको अब्जरभेटरीले जनाएको छ ।
काठमाडौं। इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ। इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा इरानी अर्धसैनिक उच्च अधिकारी रहेको घरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमण अनुत्तरित नहुने चेतावनी दिएका हुन्।
आक्रमणमा पाँच इरानी सुरक्षा फौजका उच्च अधिकारीको मृत्यु भएको बताइएको छ। इरानले आक्रमणको आरोप इजरायल माथि लगाए पनि इजरायलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
वर्षौंदेखि इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूमा हमला गर्दै आएको छ। हमासले अक्टोबर ७ मा इजरायलमा गरेको हमलापछि शुरु भएको इजरायल-गाजा युद्धपछि यस्ता आक्रमणहरू अझ तीव्र भएका हुन्।
इरानी राष्ट्रपति राइसीको आधिकारिक वेबसाइटमा पोष्ट गरिएको विज्ञप्तिमा सिरियामा मारिएका सुरक्षा अधिकारीहरुका परिवार प्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
विज्ञप्तिमा इरानका पाँच प्रतिष्ठित सुरक्षा सल्लाहकारको कायरतापूर्वक हत्या गरिएको उल्लेख गर्दै उनीहरुको मृत्युको बदला लिने बाचा गरिएको छ।
This is an advertisement, click here to display your banner
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com