इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रविन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाइका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।
प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजाको सबैभन्दा ठूलो सहर खान युनिसमा रातभर घातक आक्रमण भएको र इजरायली सैनिक र हमास लडाकुहरूबीच भीषण भीडन्त भएको बताएका छन् ।
गत अक्टोबर ७ मा इस्लामिक आन्दोलनका लडाकुहरूले गरेको आक्रमणमा परी करिब एक हजार १४० जनाको मृत्यु भएपछि नेतन्याहूले हमासमाथि ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हमासका लडाकुले बन्धक बनाएका करिब २५० जनामध्ये १३२ जना अझै पनि गाजामा हमासको नियन्त्रणमा रहेको इजरायलले बताएको छ ।
इजरायली सेनाका अनुसार युद्धले व्यापक तनाव बढाउने डरलाई बढावा दिएको छ । लेबनानको सीमा नजिक उत्तरी इजरायलमा रातारात साइरन बजाइएको छ ।
हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाइका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।
इजरायलको यस्तै एउटा आक्रमणमा लेबनानी हेजबुल्लाह समूहका एक लडाकुको मृत्यु भएको हमास सम्बद्ध स्रोतले जनाएको छ । इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा पनि हिंसा बढेको छ ।
यमनका हुथी विद्रोहीहरूले ‘रेड सी’ को महत्वपूर्ण व्यापारिक मार्गहरूमा इजरायल–सम्बद्ध जल यातायात मार्गमा आक्रमण गरेका छन् । यसले प्रतिशोधात्मक अमेरिकी र बेलायती आक्रमणहरू निम्त्याएको छ । प्रायः सिरिया र इराकमा आक्रमणहरू इजरायलमा अमेरिकी समर्थनको विरोध गर्दै गरिएको इरान–सम्बद्ध लडाकुहरूले दावी गरेका छन् ।
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीहरूको सङ्ख्या २५ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दक्षिणी गाजा पट्टीको खान युनिस शहरमा इजरायलले गरेको भीषण बमबारीमा कम्तीमा ४० जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।
प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण संघर्ष हुँदा शहरको पश्चिमी क्षेत्रमा इजरायली लडाकू विमान र तोपखानाले भीषण बमबारी गरेको बताइएको छ। त्यस क्षेत्रमा हजारौँको संख्यामा विस्थापित प्यालेस्टिनीहरू बसेका छन्।
गाजा पट्टीमा जारी इजराइली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २५ हजार २९५ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमवार जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजरायली सेनाद्वारा १९० जना प्यालेस्टिनी मारिएको र ३४० जना घाइते भएका छन्।
जारी इजराइल–हमास युद्धमा सन् २०२३ अक्टोबर ७ यता कम्तीमा ६३ हजार प्यालेस्टिनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com