जेरुसलेम । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायिक अदालतले इजरायल-गाजा युद्धका सम्बन्धमा परेको मुद्दामा आज फैसला सुनाउँदै छ । अदालतले इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी गरेको छ । अन्र्तराष्ट्रिय उच्च अदालतले गाजामा सैनिक गतिविधि रोक्न आपतकालीन विधि जारी गरेर आदेश दिन सक्ने अनुमान गरिएको छ । इजरायललाई गाजामा आफ्नो सैन्य कारबाही रोक्न आदेश दिँदै आपतकालीन उपाय जारी गर्न सुझाउने विश्वास गरिएको छ ।
इजरायलले गाजामा नरसंहार मच्चाएको भन्दै दक्षिण अफ्रिकाले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा यस्तो आदेशको संभावना रहेको बीबीसीले जनाएको छ ।
दुई साताअघि सुरु भएको मुद्दामा दुवै पक्षले आफ्ना दलिल पेश गरिसकेका छन् । इजरायले अफ्रिकाले लगाएको आरोप अस्वीकार गरेको छ । शुक्रबारको अन्तर्राष्ट्रिय न्यायालय, आईसीजेको सत्र दक्षिण अफ्रिकाले इजरायलले नरसंहार गरिरहेको आरोप लगाएको मुद्दाको अंश हो । दुई साताअघि मुद्दा खुल्दा दुवै देशले प्रतिरक्षा गरेका थिए । इजरायलले दक्षिण अफ्रिकाको आरोपलाई अस्वीकार गरेको छ ।
इजरायल बिरूद्धको निर्णय अदालतले लागू गर्न सक्दैन तर राजनीतिक रूपमा भने महत्त्वपूर्ण हुनेछ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलाका कारण पच्चीस हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । जसमा अधिकांश महिला र बालबालिका रहेको र दशौं हजार घाइते भएका उल्लेख छ ।
७ अक्टोबरमा हमासको आक्रमणमा करिब १ हजार ३ सय मानिस मारिएका थिएभने करिब २ सय ५० जनालाई हमास लडाकुले बन्धक बनाएका थिए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com