नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- इजरायल र हमासबीच युद्धविराम, आइतबारदेखि १५ महिना लामो युद्ध अन्त्य
- नेपालका राजदूत प्रा. धनप्रसाद पण्डितद्वारा इजराइलका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश
- विपिन जोशी लगायत अन्य बन्धकहरुको रिहाइको माग गर्दै प्रदर्शन, नेपाली राजदूतको विशेष पहल
- ‘विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनु हुन्छ’: परराष्ट्र मन्त्री राणा
- विपिन जोशीको रिहाइका लागि सरकार सक्रिय, कतार र इजिप्टसँग पुनः आग्रह
- इजरायली दूतावासद्वारा हमास आक्रमणका पीडितको व्यक्तिगत सामग्री हस्तान्तरण
- हमास ३४ बन्धक रिहा गर्न तयार, विपिन जोशीको अवस्था के होला ?
- यी १३१४ स्टार्टअप कम्पनीहरु ऋण पाउने प्रारम्भिक सूचीमा परे
समाचार एजेन्सी एएफपीका अनुसार यी चार व्यक्तिको पहिचान मोहम्मद फरामर्जी, मोहसिन मजलूम, वाफा अजरबार, पेजमान फतेहीको रूपमा गरिएको छ।
चारै जनालाई सन् २०२२ को जुलाईमा इस्फाहान प्रान्तको रक्षा मन्त्रालयको केन्द्रमा आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको थियो।
इरानको समाचार एजेन्सी मिजानलाई उद्धृत गर्दै एएफपीले लेखेको छ, “सोमबार बिहान मृत्युदण्ड दिइएका यी चारजना सदस्यहरू जियोनिस्ट (इजरायल) गुप्तचर संस्थासँग सम्बद्ध थिए। उनीहरूलाई इस्फाहानमा आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको थियो।”
इरानका अनुसार यी चारजनालाई इजरायलको गुप्तचर एजेन्सी मोसादले आफ्नो अपरेशनको डेढ वर्षअघि भर्ती गरेको थियो।
मिजान अनलाइनको समाचार अनुसार चारै जनालाई सैन्य तालिमका लागि अफ्रिकी देश पठाइएको थियो, जहाँ मोसादका अफिसरहरू उपस्थित थिए। चारै जनालाई सेप्टेम्बर २०२३ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
अगस्ट २०२३ मा नै इरानले मोसादको नेतृत्वमा गरिएको अपरेशनको पर्दाफास गरेको दाबी गरेको थियो। इरानका अनुसार यस अपरेसनको उद्देश्य आफ्नो ब्यालिस्टिक मिसाइल उद्योगलाई पूर्ण रूपमा नष्ट गर्नु थियो।
यसभन्दा केही महिनाअघि अर्थात् गत फेब्रुअरीमा पनि इरानले इस्फाहानस्थित सैन्य शिविरमा भएको ड्रोन आक्रमणमा इजरायलको संलग्नता रहेको आरोप लगाएको थियो ।
इरान र इजरायल दुवै दशकौंदेखि एकअर्काका कट्टर विरोधी हुन्।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :