सन् १९४९ यता प्यालेस्टाइनी शरणार्थीहरूको सहयोगका लागि संयुक्त राष्ट्रसंघले यूएनआरडब्लूए खडा गरेको थियो । यूएनआरडब्लूए प्यालेस्टाइनी शरणार्थीहरूको राहत र मानव विकासलाई समर्थन गर्ने राष्ट्रसंघीय एजेन्सी हो ।
तर, यही संस्थाका कैयौँ अधिकारीहरूले हमासका लडाकुलाई सहयोग गरिरहेको भन्दै पछिल्लो समय यो संस्था विवादमा तानिएको छ । अमेरिकाले यस संस्थालाई आर्थिक सहायता नदिने बताइसकेको छ ।
यसबीचमा गाजाका बासिन्दालाई सहयोग गरिरहेको राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्लूएको मुख्यालयमुनि नै हमासको सुरुङहरू फेला परेको इजरायलले दाबी गरेको छ । इजरायली सेनाले यूएनआरडब्लूएको मुख्यालयमुनि सुरुङहरू देखिएको भन्दै भिडियो नै सार्वजनिक गरेका छन् ।
प्यालेस्टाइनले भने इजरायली दाबी झुठो भएको बताउँदै संस्थालाई बदनाम गर्न खोजेर इजरायलले मानवीय सहायतामा अवरोध सिर्जना गरेको आरोप लगाएको छ । यूएनआरडब्लूएले गाजामा विद्यालय, स्वास्थ्य सेवा र मानवीय सहायता प्रदान गर्दै आएको छ ।
चार महिनायता जारी हमास र इजरायलबीचको युद्धमा गाजास्थित यूएनआरडब्लूएको मुख्यालयमा पनि इजरायली सेनाले छापा मारेको थियो । सो क्रममा उनीहरूले १८ मिटर गहिरो ७०० मिटर लामो सुरुङ फेला परेको दाबी गरेका छन् । सुरुङमा हमासका लडाकुहरूले प्रयोग गर्ने सञ्चार सामग्री तथा कम्प्युटर फेला पारेको बताइएको छ ।एको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com