इजरायले बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा गर्न विद्रोही समूह हमासलाई मार्च १० सम्मकाे अल्टिमेटम दिएकाे छ ।
हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको छ । मार्च १० देखि रमजान शुरु हुँदैछ । उक्त समयसीमा भित्र बन्धक हरुलाई फिर्ता नगरे हमासले इतिहासकै ठूलो क्षति बेहोर्नु पर्ने इजरायलले बताएको छ । रमजानलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो ।
इजरायलले आफ्नो सेना गाजाको दक्षिणी भाग रफाहमा प्रवेश गरेर आक्रमण गर्ने चेतावनी दिएकाे यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । गाजाका विभिन्न भागबाट भागेर आएका १५ लाख प्यालेस्टिनीहरूले रफाहमा आश्रय लिएका छन् ।
पछिल्लो समय इजरायलले त्यहाँ हवाई आक्रमण तीव्र बनाइरहेकाले विश्वव्यापी रुपमा विरोध समेत भइरहेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com