नेपाल इजरायल डटकम – फेब्रुअरी २१, जेरुसेलम । इजरायलमा ७४ औँ प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली राजदूतावास तेल अभिवले एक कार्यक्रम आयोजना गरी प्रजातन्त्र दिवस मनाएको छ ।
मिति २०८० साल फागुन ७ गते सम्पूर्ण ज्ञात अज्ञात सहिदहरू प्रति हार्दिक श्रद्धा–सुमन अर्पित गर्दै महामहिम राजदूतज्यूको निवास हर्चेलियामा महामहिम राजदूत श्री कान्ता रिजालज्यू सहित दूतावासका सम्पूर्ण कर्मचारीहरू, परिवारजन तथा एन.आर.एन.ए. इजरायलका केही पदाधिकारीहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा महामहिम राजदूतज्यूले प्रजातन्त्रकाे स्थापनार्थ आदरणीय अग्रज व्यक्तित्वहरू तथा सहिदहरूले पुर्याउनु भएको योगदान, त्याग र बलिदानका बारेमा आफ्नो भनाई राख्नुभएको थियो । सोही कार्यक्रममा बोल्दै श्री कृष्ण प्रसाद दवाडीज्यूले नेपालको इतिहासमा प्रजातान्त्रिक आन्दोलनका विभिन्न चरणका विषयमा प्रकाश पार्नु भएको थियो।
नेपाली राजदूतावास इजरायलका द्वितीय सचिव श्री कुमार बहादुर श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा एन.आर.एन.ए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो र उपस्थित सम्पूर्णले राष्ट्र भक्तिका गीत गाएर कार्यक्रम समापन भएको थियो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com