नेपालइजरायल डट कम । सरकारले इजरायलको वैदेशिक रोजगारीको क्षेत्रमा ‘जीटुजी’ अर्थात सरकारी स्तर मार्फत इजरायलमा नेपाली कामदार पठाउने बाध्यता हटाएको छ। इजरायलमा म्यानपावर कम्पनीका माध्यमबाट कृषि कामदार पठाउने प्रक्रिया सुरु भएको छ र म्यानपावर कम्पनीमार्फत कृषि कामदार जाने क्रम शुरू भएसँगै उक्त बाध्यता पनि हटेको छ।
श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको अनुमतिको पछि, काठमाडौं इन्टरनेशनल इन्कर्पोरेट प्रा.लि.ले इजरायलको ब्लु शर्ट इन्टरप्राइजेज कम्पनीका लागि २ सय पुरूषलाई कृषि कामदारमा पठाउने अनुमति प्राप्त गरेको छ। उक्त कम्पनीले जनाए अनुसार, नेपालबाट जाने कृषि कामदारले मासिक न्यूनतम २ लाख ८ सय ९० रूपैयाँ तलब पाउनेछन्।
इजरायलले २ वर्षका लागि नेपाली कामदारलाई लैजाने सार्वजनिक गरेको छ। कृषि कामका लागि इजरायल जाने कामदारले नेपालमा हुने प्रि मेडिकल, म्यादी जीवन बीमा आदिका खर्चहरू आफैं व्यहोर्नुपर्छ।
इजरायल सरकारले युद्धका कारण आप्रवासी कामदार फिर्ता भएपछि त्यहाँको निजी क्षेत्रलाई ९० दिनभित्र विदेशी कामदार ल्याउन सहुलियत दिएपछि नेपाली म्यानपावर कम्पनीहरूले नीजी क्षेत्रबाट कामदार पठाउन पाउनुपर्ने माग जोडतोडले उठाएका थिए ।
इजरायलको कृषि क्षेत्रमा विदेशी कामदार ल्याउन निजी क्षेत्रलाई अनुमति दिइएको निर्णयपछि, भारत, श्रीलंका, थाइल्यान्ड र भियतनामले इजरायलमा कामदार पठाएका छन्।
नेपालमा पनि काठमाडौं ईण्टरनेशनल इन्कोर्पोरेटले सरकारी स्तर अर्थात जिटुजि प्रक्रियाबाट मात्र इजरायलमा कामदार पठाउन पाउने प्रावधान तोड्न सफल भएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com