गाजा । हमासले गाजा पट्टीमा बन्धक बनाइएका सात जनाको मृत्यु भएको जानकारी दिएको छ । इजरायली बमबारीका कारण यी बन्धकहरूको मृत्यु भएको हमासले दाबी गरेको हो ।
यसमा उनका केही लडाकु पनि मारिएका छन् । हमासले हालसम्म मारिएका बन्धकहरूको सङ्ख्या ७० भन्दा बढी हुन सक्ने बताएको छ । ज्यान गुमाउने सात बन्धकहरू पहिले नै मारिएका ३१ बन्धकहरूमा पर्छन् वा छैनन् भन्ने स्पष्ट छैन। यस सम्बन्धमा इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन भने हमासले पनि कुनै ठोस प्रमाण पेस गरेको छैन ।
हमासले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेको थियो । त्यस क्रममा २ सय ५३ जना मानिसहरूलाई बन्धक बनाएको थियो। इजरायलका अनुसार हमासको यो हमलामा आफ्ना १२ सय मानिस मारिएका छन् ।
जवाफमा इजरायलले गाजामा सैन्य कारबाही जारी राखेको छ । उसले हमासको ठेगानाहरूमा ठुलो मात्रामा बमबारी गरिरहेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण गाजामा हालसम्म ३० हजार प्यालेस्टिनी नागरिक मारिएको दाबी गरेको छ ।
यसअघि नोभेम्बरमा हमासले अस्थायी युद्धविराम सम्झौता अन्तर्गत १०५ जना बन्धकहरूलाई रिहा गरेको थियो। बदलामा २४० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको थियो।
बीबीसी
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com