अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)का मुख्य अभियोजनकर्ता करिम खानले युद्ध अपराधमा दोषी भएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र प्यालेस्टिनी सैन्य विद्रोही समूह हमासका नेताहरू विरुद्ध पक्राउ आदेश माग गरेका छन्।
आईसीसीमा सोमबार निवेदन दर्ता गर्दै करिमले पक्राउ गर्न आदेश माग गरेका हुन्। उनले सार्वजनिक गरेको विज्ञप्तिमा ७ अक्टोबर २०२३ यता भएका युद्ध अपराध र मानवता विरोधी अपराधका लागि दुवै पक्ष दोषी भएको आधारमा पक्राउ आदेश माग गरिएको उल्लेख गरिएको छ।
इजरायलका प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री यौव गैंलेन्टले सर्वसाधारण विरुद्ध भोकमरी, जानाजान हत्या लगायत रोम विधान उल्लंघन गरेको दाबी गर्दै उनले निवेदन दर्ता गरेका हुन्।
त्यस्तै, उनको निवेदनमा हमासका प्रमुख यहया सिनवर लगायत तीन जना विरुद्ध आक्रमण, हत्या र सर्वसाधारणलाई बन्दी बनाएको जस्ता रोम विधान उल्लंघन गरेको दाबी गर्दै गिरफ्तारीको माग गरिएको छ।
जेनेभाको हेगमा अवस्थित आईसीसीले तीन वर्षदेखि प्यालेस्टाइनमा इजरायलले गरेका गतिविधिको अनुसन्धान गरिरहेको छ। पछिल्लो समय आईसीसीले हमासका गतिविधिको पनि अनुसन्धान गरिरहेको छ।
यो निवेदनको सुनुवाइ तीन वटा न्यायाधीश सम्मिलित पूर्व सुनुवाइ समितिले गर्नुपर्छ। जसले प्रमाणहरूको परीक्षण गरी मुद्दा अगाडि बढाउन उपयुक्त छ/छैन भन्ने निर्णय गर्न दुई महीना जति लगाउँछ।
इजरायल आईसीसीको सदस्य नभएकाले नेतान्याहू र गैंलेन्ट तुरुन्तै पक्राउ पर्ने सम्भावना छैन। तथापि आक्रमण जारी राखे इजरायल एक्लिँदै जाने जोखिम बढ्नेछ। त्यस्तै, इजरायली नेताहरूलाई विदेश भ्रमणमा समस्या सिर्जना हुन सक्नेछ।
This is an advertisement, click here to display your banner
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
Stories & struggles of Nepalese community in Israel
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
शिवराज खड्का पर्यटक भिषामा इजरायल आएका धेरै नेपाली हाल कामदारका रूपमा छन्। हमास र इजरायलबीच युद्ध चर्किएका बेला कामदार अभाव भएको थियो। इजरायल सरकारले त्यही बेला पर्यटक भिसाका व्यक्तिलाई वर्किङ भिसाको अवसर दिएको थियो। नेपालीहरू भारत, श्रीलंका, थाइल्यान्ड, लगायत मुलुक हुँदै पर्यटक भिसामा इजरायल आएका थिए। त्यसरी आएका तीन सय हाराहारी नेपाली अहिले कृषि क्षेत्रमा…
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.