तेलअविवस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे यथार्थ सूचना सङ्कलन गर्न अपिल गरेको छ।
परराष्ट्र मन्त्रालय अन्तर्गत Department of Consular Services Nepal द्वारा तयार गरिएको अनलाइन पोर्टलमार्फत इजरायल तथा साइप्रसमा बसोबास गरिरहेका सबै नेपाली नागरिकलाई आफ्नो व्यक्तिगत विवरण यथाशीघ्र दर्ता गर्न अनुरोध गरिएको हो।
दूतावासका अनुसार सम्भावित आपतकालीन अवस्थालाई मध्यनजर गर्दै उद्धार, समन्वय तथा आवश्यक सहायताका लागि नागरिकहरूको अद्यावधिक विवरण अनिवार्य भएकाले सम्बन्धित सबैलाई तत्काल दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।
विवरण दर्ताका लागि तल उल्लेखित आधिकारिक लिंक प्रयोग गर्न सकिनेछ:
https://legal.nepalconsular.gov.np/urgent-rescue
दूतावासले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सजग रहन, आधिकारिक सूचनामात्र अनुसरण गर्न तथा आवश्यक परेमा दूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com























