तेल अविव (इजरायल) – सामाजिक सेवा, परोपकार र नेपाली समुदायबीच आपसी एकता सुदृढ गर्न क्रियाशील नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, इजरायल समन्वय समितिको नवौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
“मनोरञ्जन, परोपकार र लगानी क्षेत्रको पहिचान — नमस्ते नेपालको अभियान” भन्ने मूल नाराका साथ सन् २०१३ (वि.सं. २०७०) मा स्थापना भएको यो संस्थाको नवौं अधिवेशन वि.सं. २०८२ भदौ २२ गते आइतबार (सेप्टेम्बर ७, २०२५) का दिन तेल अविवमा सम्पन्न भएको हो। अधिवेशनको अध्यक्षता संस्थाकी अध्यक्ष राजकुमारी श्रेष्ठले गरेकी थिइन्।
अधिवेशनका दौरान संस्थाको विगत नौ वर्षको क्रियाकलाप, उपलब्धि तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। सामाजिक एकता, परोपकारी सहयोग, तथा नेपाली समुदायबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्नुपर्ने विषयमा पनि सहभागी सदस्यहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रमको प्रमुख आकर्षण अधिवेशनमा भएको नयाँ नेतृत्व चयन थियो। निर्वाचन समितिकी संयोजक तथा संस्थाकी संरक्षक भिमा थापाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि पुनः राजकुमारी श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएको घोषणा गरिन्।
नव–निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः
- अध्यक्ष – राजकुमारी श्रेष्ठ
- वरिष्ठ उपाध्यक्ष – इन्दिरा कटुवाल
- उपाध्यक्षद्वय – रेखा पन्त र कृष्णकुमारी ढकाल
- महासचिव – स्वस्तिका श्रेष्ठ
- सचिव – अलि महम्मद मिया
- कोषाध्यक्ष – अमीरा थापा श्रेष्ठ
- सदस्यहरू – निरु मल्ल ठकुरी, आरती कार्की, सीता कोइराला, सुशिला बस्नेत
त्यसैगरी, संस्थाको संरक्षकमा भिमा थापा र सल्लाहकार समितिमा मनु श्रेष्ठ, बिमला श्रेष्ठ, शान्ता ज्ञावाली, कृष्ण ढकाल, र शम्भु खनाल चयन भएका छन्।
अधिवेशनको समापन सत्रमा अध्यक्ष श्रेष्ठले सहभागी सदस्यहरूलाई धन्यवाद दिँदै संस्थाको उद्देश्य परोपकार र नेपाली समुदायको हितका लागि इजरायलमा सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने रहेको बताइन्। उनले आगामी दिनमा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा अझ सशक्त योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com





































