गाजास्थित राफा क्षेत्रमा हमासका आतंककारीहरूले इजरायली सैनिकमाथि आक्रमण गरेको र त्यसको जवाफमा इजरायली सैनिक (IDF) ले पनि सो क्षेत्रमै हवाई हमला गरेको छ।
यो घटनाले हमासद्वारा युद्धविराम उल्लंघनको नयाँ घटना भएको देखिन्छ।
IDF ले जानकारी दिएको छ कि शुक्रबार राफा क्षेत्रमा रहेको एक सुरङ्गबाट केहि आतंककारीहरू एकाएक बाहिर निस्किएर इजरायली सैनिकहरूमाथि गोली प्रहार गर्न सुरु गरेका थिए। यो घटनामा कुनै इजरायली सैनिक घाइते नभएको बताइएको छ।
आक्रमणको जवाफमा, राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सार्वजनिक रूपमा गाजामा सैन्य अभियान पुनः सुरु गर्न आह्वान गरेका छन् र हमासको युद्धविराम उल्लंघनलाई औँल्याएका छन्।
बेन गभिरले भनेका छन्, “हमास आतंककारीले आफ्ना बाटो परिवर्तन गर्नेछ भन्ने वा उसले हस्ताक्षर गरेको सम्झौतामा पालन गर्नेछ भन्ने विश्वासमा नपरौं, यो हाम्रो सुरक्षाका लागि खतरनाक सावित हुँदैछ। यो हमास आतंकवादी संस्था पूर्ण रूपमा नष्ट हुनैपर्छ र सकेसम्म छिट्टै।”
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com







































