अमेरिकी विदेश मन्त्रालयले हमासले प्यालेस्टाइनी नागरिकमाथि हमला गर्ने योजना बनाइरहेको जनाएको छ ।
शनिबार अमेरिकी विदेश मन्त्रालयले हमासले गाजामा रहेका प्यालेस्टाइनी आमनागरिकमाथि हमला गर्न सक्ने विश्वसनीय रिपोर्ट आफूसँग रहेको जनाएको छ । यो कार्य युद्धविरामको उल्लंघन हुने पनि जनाइएको छ ।
यसो गरिए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच दुई वर्षदेखि जारी द्वन्द्व समाप्त गर्ने उद्देश्यले गरेको सम्झौताको प्रत्यक्ष र गम्भीर उल्लंघन हुने विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले भनेको छ, “यदि, हमासले यस्तो हमला गरेमा गाजाका मानिसको सुरक्षा र युद्धविराम कायम राख्न कदम चालिनेछ ।”
ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासले सम्झौताविपरीत गाजामा हिंसा जारी राखेमा आफूहरूसँग त्यहाँ गएर उनीहरूलाई मार्नुबाहेक अर्को विकल्प नहुने चेतावनी दिएका छन् । पछि उनले पत्रकारसँग कुरा गर्दै आफूहरूले गाजामा अमेरिकी सेना नपठाउने बताए ।
उनले भने, “हामी यो गर्ने छैनौँ । हामीले यसो गर्नुपर्ने आवश्यकता पर्दैन । उनीहरूको नजिक धेरै मानिस छन् जो जानेछन् र हाम्रो छत्रछायामा उनीहरूले सजिलैसँग काम गर्नेछन् ।”
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com