नेपालमा हालैको जेन्जी आन्दोलनका क्रममा जलेका र भत्किएका संरचनाहरू पुनःनिर्माणका लागि इजरायलमा रहेका नेपाली समुदायले उक्त सांगीतिक कार्यक्रम सहित सहयोग अभियान सुरु गरेको आयोजक संस्थाले जानकारी दिएको छ ।
एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरीका अनुसार, “यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई राष्ट्र पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमबाट संकलित सम्पूर्ण आम्दानी नेपाल सरकारको आधिकारिक कोषमा पठाइनेछ, जसले जेन्जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाहरूको पुनःनिर्माणमा योगदान पुर्याउनेछ,” गिरीले बताएका छन ।
संघले यसअघि पनि नेपालमा आएको भूकम्प, बाढी तथा महामारीका समयमा सहयोग रकम संकलन गरी नेपाल पठाउने परम्परा बनाउँदै आएको छ। यसपटकको तिहार विशेष कार्यक्रमलाई नेपाली समुदायबीच “मनोरञ्जन र योगदान” दुबैको अवसरका रूपमा लिइएको छ।
आयोजकहरूले इजरायलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई “संगीतमार्फत मातृभूमिको पुनःनिर्माणमा हातेमालो गर्न” हार्दिक आह्वान गरेका छन्।
||
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com