नेपाल इजरायल डट कम, तेल अभिभ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग इजरायलको औपचारिक गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आगामी १५ अगस्ट २०२५, शुक्रबार साँझ ६ बजे तेलअविवमा एक भव्य कार्यक्रमका साथ रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग इजरायलको तदर्थ समिति घोषणा तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिने तयारी गरिएको छ।
“स्वच्छ राजनीति, सक्षम नेतृत्व” भन्ने मूलमन्त्र बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग इजरायलको यो अभियानले स्वदेश तथा विदेशमा पार्टीप्रतिको भरोसा र जनउर्जालाई थप मजबुत पार्ने विश्वास लिइएको छ।
जसमा पार्टी प्रवक्ता, समाजसेवी, र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ। त्यसैगरी, अगस्ट १५ र १६ मा सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक हस्तक्षेपको विरोधमा हस्ताक्षर संकलन अभियान पुन सञ्चालन गरिनेछ।
यस ऐतिहासिक अभियानलाई सफल पार्न सम्पूर्ण इजरायलवासी नेपालीहरूलाई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरिएको छ। “मिशन ८४” अन्तर्गत राष्ट्रप्रेम र राजनीतिक शुद्धताको पक्षमा उभिएका सबै युवाशक्तिको उपस्थिति अभियानका लागि अत्यन्त महत्वपूर्ण रहेको छ।
रवि लामिछाने विरुद्ध भएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान
गत असार ७ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डलाबाट रवि लामिछानेको समर्थनमा यो अभियानको घोषणा गरेको थियो । यो अभियानले छोटो समयमै जनसागरको रूप लियो । केवल नेपालमा मात्र होइन, विदेशमा रहेका नेपालीहरूका बीचमा पनि रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्धको आक्रोश चुलियो ।
नेपालका गाउँ–शहरदेखि सुदूर कुना–कन्दरासम्म आम सर्व साधारण रवि लामिछानेमाथि गरिएको अन्याय र राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियानमा सहभागी भइरहेका छन। न्यायप्रेमी नेपाली मनहरूले देश–विदेशबाट आवाज उठाइरहेका छन्।
यसै सन्दर्भमा, इजरायलमा कार्यरत नेपाली समुदायले पनि स्वस्फूर्त रूपमा पूर्व गृहमन्त्री लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेका छन्।
छुट्टीको समय सदुपयोग गर्दै उनीहरूले सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्दै, रवि लामिछानेमाथि भएको अन्यायको विरुद्ध ऐक्यबद्धता जनाइरहेका छन्।
यो अभियानले प्रवासमा रहेका नेपालीहरूको सामाजिक सचेतनाको प्रमाण मात्रै होइन, न्यायको पक्षमा उभिने सामूहिक चेतनाको पनि सशक्त प्रतीक बनेको छ।
कार्यक्रममा “मेरो छुट्टी, मेरो देशका लागि – मिशन ८४” भन्ने नारा अंकित विशेष टिसर्ट पनि वितरण गरिनेछ। साथै, रास्वपामा आस्था राख्ने समस्त प्रवासी साथिहरुले आफ्नो नाम दर्ता गराउन सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ। यसअघि संकलित हस्ताक्षरहरू नेपाल पठाउन बाँकी रहेमा उपलब्ध गराउन तथा हस्ताक्षरमा छुट्नुभएका साथीहरूले पनि यथाशीघ्र सम्पर्क गर्न आह्वान गरिएको छ।
☎ सम्पर्क व्यक्ति:
* खुस्बु नेपाल – 📞 054-8886461
* दुर्गा प्रसाद चापागाईं – 📞 050-4675527
* लक्ष्मी तिम्सिना – 📞 054-8614714
* देवी खरेल पाण्डे – 📞 054-9023020
* सारदा सिटौला – 📞 054-3948099
* जनक खड्का – 📞 052-8153818
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com