तेल अभिव, इजरायल | गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) इजरायलले आगामी कार्यकाल २०२५–२०२७ का लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ। निर्वाचन समितिले सार्वजनिक सूचना जारी गर्दै अन्तिम समयमा भएको ऐतिहासिक सहमतिका आधारमा सर्वसम्मत रुपमा नव निर्वाचित पदाधिकारीहरूको नामावली घोषणा गरेको हो।
गत जुलाई २५ तारिखमा निर्वाचन समितिले अध्यक्ष र कोषाध्यक्ष पदमा एकभन्दा बढी उम्मेदवारी परेपछि मतदानको तयारी अघि बढाइएको थियो। तर जुलाई ३० को साँझ, सबै उम्मेदवारहरू, निर्वाचित पदाधिकारीहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य, निवर्तमान कार्यसमिति सदस्यहरू तथा निर्वाचन समिति प्रतिनिधिहरूको रोहबरमा सम्पन्न छलफलपछि सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुंग्याउने निर्णय गरिएको हो।
निर्वाचन समितिकी संयोजक विमला (नितु) खतिवडाका अनुसार, यो निर्णय एनआरएनएको सहमति, समन्वय र एकताको प्रतिबिम्ब हो। “हामीले संस्थागत स्थायित्व, आपसी समझदारी र समुदायको हितलाई प्राथमिकतामा राख्दै निर्वाचनभन्दा पनि सहमतिको बाटो रोज्यौं,” उनले भनिन् । निर्वाचन समितिले सम्पूर्ण उम्मेदवार, प्रतिनिधि, स्वयंसेवक र नेपाली समुदायलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो सहमतिको संस्कृति कायम रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
सर्वसम्मत निर्वाचित पदाधिकारीहरू यस प्रकार छन्:
ICC सदस्य: श्री अली महम्मद मियाँ
अध्यक्ष: श्री गणेश गिरी
वरिष्ठ उपाध्यक्ष: श्रीमती भृकुटी वानियाँ
प्रथम उपाध्यक्ष: श्री तेज व. गुरुङ
उपाध्यक्षहरू:
श्री दिलिप सुन्दास
श्रीमती मन्जु भुजेल
महिला उपाध्यक्ष: श्रीमती निर्मला वुढाथोकी
महासचिव: श्री चित्रबहादुर कार्की
सचिव: श्री केशव राज खनाल
कोषाध्यक्ष: श्री धर्मेन्द्र सिंह पुन
सह-सचिव: श्री अशोक कुमार थोकर
सदस्यहरू:
श्री राजन दुवाडी
श्री नकुल लामिछाने
श्री खुम राज सापकोटा
श्रीमती सुमित्रा दवाडी
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com