तेल अभिभ, इजरायल। नेकपा एमालेको प्रवासी संगठन, प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलको तेस्रो अधिवेशन गत १८ जुलाई २०२५, शुक्रबारका दिन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरूको व्यापक सहभागिताका साथ सम्पन्न यस अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनमा नेकपा एमालेमा आस्थावान इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यसका अतिरिक्त, इजरायलमा क्रियाशील विभिन्न संघसंस्थामा आबद्ध सामाजिक एवं राजनीतिक व्यक्तित्वहरू, साहित्यका बुद्धिजीवीहरू, धार्मिक, जातीय, क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, बुद्धिजीवी, शुभेच्छुक, शुभचिन्तक तथा संगठनलाई स्थापनाकालदेखि नै आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्दै आउनुभएका सम्पूर्ण महानुभावहरूको गरिमामय उपस्थिति रहेको आयोजकले जनाएको छ।
सन् २०१६ मे १२ मा स्थापित यस संगठनले स्थापनाकालदेखि २०२५ सम्म आइपुग्दा धेरै सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि अझै उन्नति र प्रगति गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनको कार्यक्रम सञ्चालन निवर्तमान सचिव मीना चुडालले गर्नुभएको थियो। बन्द सत्र कार्यक्रम पश्चात्, निर्वाचन मण्डलको अध्यक्षको जिम्मेवारीसमेत निवर्तमान सचिव क. मीना चुडालले नै कुशलतापूर्वक बहन गर्दै सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गराउनुभएको थियो। वहाँले निर्वाह गर्नुभएको यस महत्वपूर्ण भूमिकाका लागि सिंगो कमिटीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
नवनिर्वाचित कार्यसमिति देहायबमोजिम रहेको छ:
* अध्यक्ष: क. समिर प्रधान
* उपाध्यक्ष: क. मदन भट्टराई
* सचीव: क. पायल कटुवाल
* उप-सचीव: क. इन्दिरा प्रसाईं (चुडाल)
* उप-सचिव: क. धना थापा
* आर्थिक बिभाग प्रमुख: क. सुनिता भट्टराई
* महिला बिभाग प्रमुख: क. जानुका चापागाईं
* प्रचार तथा प्रकाशन बिभाग प्रमुख: कमला चौधरी
* अनुशासन बिभाग प्रमुख: लक्ष्मी गुरुङ
* युवा संयोजक प्रमुख: क. बबिता चिमरिया
* सांस्कृतिक बिभाग प्रमुख: बिमला राना
* सदस्यहरू: क. बाटु गुरुङ, क. दिपा लिम्बु, क. अन्जु लामा, क. सुस्मा चुडाल, क. धना चौधरी, क. राम पौडेल, क. संगीता बिस्ट, क. पदम खरेल, क. सुधा बिस्ट गौतम, क. समिर पन्त, क. दिलु तामाङ, क. दिपा क्षेत्री, क. ममता क्षेत्री, क. आदेस पौडेल।
यसैगरी, नवनिर्वाचित कमिटीको प्रथम बैठकले निवर्तमान सचिव मीना चुडाललाई सल्लाहकार प्रमुखमा मनोनीत गरेको छ। संगठनको स्थापनाकालमा सह-कोषाध्यक्ष र दुई कार्यकाल सचिवको भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नुभएको हुनाले संगठनलाई वहाँको सल्लाह र सुझावको आवश्यकता पर्ने ठहर गर्दै वर्तमान सचिव पायल कटुवालको सञ्चालनमा बसेको प्रथम बैठकले यो निर्णय गरेको हो।
अधिवेशनको समापन गर्दै नवनिर्वाचित अध्यक्ष कमरेड समिर प्रधानले तेस्रो अधिवेशनबाट निर्वाचित सम्पूर्ण कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल पार्न गरिमामय उपस्थिति जनाउनुहुने सम्पूर्ण महानुभावहरूमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
(स्मरण रहोस इजरायलमा एउटै नाम भएका दुइ वटा प्रवासी नेपाली मञ्चहरु आआफ्नै दावीका साथ कमिटि गठन गरी कार्य सम्पादन गर्दै आइरहेका छन ।)
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com