Israel को Kinneret Academic College का नेपाल प्रतिनिधि नरेन्द्र थापाले हालै इजरायलका महामहिम राजदूत शमुलिक बाससँग काठमाडौँ स्थित इजरायली दूतावासमा सौहार्दपूर्ण र अर्थपूर्ण शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा ‘Learn and Earn’ कार्यक्रम अन्तर्गत इजरायलमा कृषि क्षेत्रमा अध्ययन गर्दै रोजगारीमा संलग्न नेपाली युवाहरूको अनुभव, अवसर र आगामी सम्भावनाबारे गम्भीर छलफल गरिएको थियो। दुवै पक्षबीच उक्त कार्यक्रममा नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा, सीप र रोजगारीका अवसर प्रदान गर्दै आएको सकारात्मक प्रभावबारे धारणा आदान–प्रदान भएको बताउनु भएको थियो। महामहिम राजदूत बास र प्रतिनिधि थापाबीच नेपाल–इजरायल सम्बन्ध, आपसी सम्मान, शान्ति, मित्रता र भावी सहकार्यबारे खुला र आत्मीय संवाद भएको थियो।
महामहिम राजदूत बासले नेपाली युवाको सरलता, मेहनत र निष्ठाको खुलेर प्रशंसा गर्दै दुवै देशबीचको सम्बन्ध अझ मजबुत हुँदै गएको बताउनु भएको थियो। त्यस्तै, थापाले इजरायली सरकार, दूतावास र Kinneret Academic College बीचको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिष्टाचार भेटले नेपाल–इजरायल सम्बन्धलाई अझ विश्वासिलो, गहिरो र दीर्घकालीन साझेदारीतर्फ उन्मुख गराउने अन्य क्षेत्रमा पनि विकासको साझा धारण र सहयोग गर्ने अपेक्षा गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com





































