तिम्रा घाँटी सुके रुँदा त्यी आँखा रसिला बने
तिम्रो नजरमा म बालक यी ओठ दुधिला बने
हजारौँ सपना बुनेर म परदेश लागेको दिन
आमा त्यी दिन छातीमा ढुङ्गा राखेझैँ बोझिला बने
पढ्ने कमाउने अनि रमाउने थोरै आसा थपियो
साकार होलान् झैँ हाम्रा सपना गहकिला बने
महिना पुग्नै लागेको थियो पहिलो तलब आउने खुशी
अचानक मिसाइल बर्सिएर रगतले जमिनै गिला बने
आतंकवादीहरूले बङ्कर भित्रै ग्रीनेड फालि दिँदा
कसैले हात खुट्टा गुमाए सबै साथीहरू चोटिला बने
तिम्रो तस्बिर आँखा भरी घुम्यो दिमागमा आफ्नै देश
बिस्तारै उड्यो प्राण पखेरु यी आँखा धमिला बने ।
रिता गिरी रेनुका
दोलखा हाल: बीरसेवा इजरायल
दोलखा स्थायी ठेगाना भएकी रिता गिरी रेनुका हाल इजरायलको वीरशेवामा कार्यरत हुनुहुन्छ ।















