गाजा — हमासले गाजाबाट २१ वर्षीय अमेरिकी–इजरायली नागरिक एडन अलेक्जेन्डरलाई सोमबार रिहा गरेको छ। अक्टोबर ७, २०२३ मा हमासद्वारा अपहरणमा परेका अलेक्जेन्डर गाजामा रहेका अन्तिम जीवित अमेरिकी बन्धक थिए।
उनको रिहाइ अमेरिकी सरकार र हमासबीच भएको वार्तापछि सम्भव भएको हो, जुन वार्तामा इजरायललाई बाइपास गरिएको थियो। यो प्रयास युद्धविरामको पहल र मानवीय सहायता पुनः सुरु गर्ने प्रयासको अंश थियो।
अलेक्जेन्डरलाई खान युनिसबाट रेडक्रसको जिम्मामा इजरायलतर्फ पठाइएको थियो, तेल अभिवमा अलेक्जेन्डरले अमेरिकी र इजरायली झन्डा समाउँदै परिवारलाई अँगालो हाले। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको यो सम्झौतालाई उनले “निर्दयी युद्ध अन्त्यको दिशामा कदम” भनेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसलाई “सैन्य र कूटनीतिक दबाबको सफल संयोजन” भन्दै ट्रम्पलाई धन्यवाद दिए। हालसम्म गाजामा ५८ बन्धक छन्, जसमा कम्तीमा २० जीवित रहेको अनुमान गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com