गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसमक्ष आफ्ना सर्तहरु अघि सारेको छ । इजरायलको जेलमा बन्धक रहेका प्यालेस्टिनी कैदीलाई मुक्त गरेपछि मात्र गाजा युद्धविराम सम्झौताको अघिल्लो चरणको कुराकानी हुने हमासले बताएको छ ।
आइतबार ६ सयभन्दा बढी प्यालेस्टिनी कैदीको रिहाइ रोकेको इजरायलले जानकारी दिएको थियो । उनीहरुलाई इजरायलका ६ जना जिवित र चार मृतक बन्धकको बदलामा रिहा गरिने तय थियो ।
हमासले लगातार गाजा युद्धविरामको उल्लंघन गरेको आरोप इजरायलको छ । हमासका एक वरिष्ठ नेताले इजरायलद्वारा प्यालेस्टिनी कैदीलाई मुक्त नगर्ने अडानले यो सम्झौता गम्भिर खतरामा परेको बताएका छन् ।
उनले मध्यस्थकर्ता विशेषगरी अमेरिकाले इजरायलमाथि दबाब बढाउन मागसमेत गरेको बीबीसीले जनाएको छ । सम्झौताअनुसार पहिलो चरणको ६ साताको युद्धविराम शनिबार सकिँदैछ । तर दोस्रो चरण र युद्धको अन्त्यका लागि प्रत्यक्ष वार्ता अझसम्म सुरु हुन सकेको छैन ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com