नेपाल इजरायल कम – मानव तस्करको फन्दामा परेर बुल्गेरिया पुगेका १८ नेपाली पक्राउ परेका छन्। जर्मनीस्थित नेपाली दूतावासका अनुसार आधिकारिक कागजातबिना प्रवेश गरेका कारण उनीहरूलाई बुल्गेरियाले नियन्त्रणमा लिएको हो।
उनीहरूलाई तीन महिना अगाडि नै बुल्गेरिया प्रहरीले पक्राउ गरेको खुलेको छ । बुल्गेरियामा रहेका नेपालीलाई कन्सुलर सेवा दिँदै आएको जर्मनीस्थित नेपाली दूतावासका अनुसार बुल्गेरिया प्रवेशको आधिकारिक कागजात नभएपछि उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूलाई चाँडै नेपाल डिपोर्ट गर्ने तयारी भइरहेको छ र अहिले सोफियास्थित डिपोर्टेसन सेन्टरमा राखिएको छ। ६ जनाले शरणार्थी बन्ने प्रयासमा राहदानी फालेका थिए। एक नेपालीले भने, “हामी ट्राभल डकुमेन्टको प्रतीक्षामा छौं।” अर्को सातासम्म डिपोर्ट भइसक्छन्,’ उनले भने । ती नेपालीहरू भारतबाट रोमानिया, हंगेरी हुँदै बुल्गेरिया पुगेका थिए । उनीहरु कसैको साथमा राहदानी छैन ।
जर्मनीस्थित नेपाली दूतावासले डकुमेन्ट तयार गरी उनीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउनका लागि बुल्गेरिया सरकारसँग समन्वय गरिरहेको जानकारी दिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com