नेपाल इजरायल डट कम / जेरुसलेम । शनिवार बिहान इजरायलको केन्द्रमा रकेट आक्रमण भएको छ । केन्द्रीय सहरहरू हर्जेलिया, रानाना, क्फार साबा र तिरामा साइरन बजेको थियो। इजरायली मिडियाका अनुसार साइरन बज्न थालेपछि भाग दौड भएको र एक भवनमा केही मानिसहरु घाइते भएका छन् ।
IDF का अनुसार, लेबनानबाट इजरायलको केन्द्रमा लक्ष्य गरेर तीन वटा रकेट प्रवेश गरेको थियो। तिनीहरूले दुई वटा रकेटलाई रोक्न सफल भएका थिए भने एउटा रकेट इजरायली भूमिमा खसेको पुष्टि गरेका थिए।
N12 ले गरेको रिपोर्ट अनुसार मुस्लिम समुदायका मानिसहरुको बाक्लो बस्ती रहेको तिरामा एउटा भवनमा केही मानिसहरू फसेका थिए, र पाँच वटा दमकल टोलीलाई घटनास्थलमा बोलाइएको थियो। लगभग आठ जनालाई भवनबाट उद्धार गरिएको थियो, जसमा केही घाइते भएका थिए।
घाइतेको सङ्ख्या अझ धेरै बढ्न सक्ने
मागेन डेभिड अडोम (MDA) ले ११ जना घाइते भएको रिपोर्ट गरेको छ, जसलाई मेयर र बेलिन्सन मेडिकल सेन्टरमा सारिएको थियो।
तीन जना मध्यम घाइते भएका छन्, जसमा १७ वर्षका एक किशोर र २८ वर्षकी एक महिला रहेका छन्, जसलाई MDA ले अस्पताल पुर्याएको थियो। तेस्रो व्यक्ति स्वतन्त्र रूपमा अस्पताल पुगेका थिए।
आठ जना सामान्य घाइते भएका छन्, जसमा २१ वर्षका एक युवक, १६ वर्षका एक किशोर, २२ वर्षकी एक महिला, र २० वर्षका एक युवक छन् जसलाई शराप्नेलले घाइते बनाएको थियो। साथै, ४८ वर्षकी एक महिला भाँचिएको काँचबाट घाइते भएकी थिइन्।
त्यस अतिरिक्त, सात जनालाई घटनास्थलमै डर त्रास सम्बन्धी मानसिक परामर्श उपचार दिइएको थियो।
मध्य जिल्ला प्रहरीले थप क्षति भए नभएको विवरण खोजिरहेको छ र रकेट खसेको स्थानलाई सुरक्षित गर्दै छ।
तिरा मुख्यतया अरबी समुदाय रहेको सहर हो, जसलाई यो हप्ता हिजबुल्लाहले रकेट प्रहार गर्दा क्षति भएको दोस्रो अरबी सहर बनाएको छ।
पछिल्लो हप्ता इजरायलको अरविक बस्ति भएको स्थान मज्द अल-क्रुममा दुई जनाको मृत्यु भएको थियो,
मुस्लिम समुदाय रहेको स्थानहरूमा लक्षित रकेट नरोकिएको या रोक्न नसकेको भन्ने विषयमा मतभेद सुरु भएको छ । लेबनानबाट प्रहार गरिएका रकेटहरूले अरविक समुदायमा लगातार क्षति पुराएपछि इजरायल भित्र जातीय विभेदका विषयमा कडा बहस जन्माएको छ।
MK अहमद तिबीले एटर्नी-जनरललाई हत्या र जातीय घृणाको आरोपमा अनलाइनमा उनीहरूको मृत्यु मनाउँदै गरिएको सयौँ टिप्पणीहरूको छानबिन गर्न माग गरेका छन्। यसका साथै उनले ती स्थानहरूमा के कति कारणले क्षेप्यास्त्र प्रतिरोध प्रणालीले रकेट अवरोध गर्न नसकेको हो छानबिन गर्न माग गरेका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com