दोश्रोपटक इजरायली प्रधानमन्त्री वेंजामिन नेतन्याहुलाई लक्षित गरेर उनको निवासमा हमला गरिएको छ ।
शनिबार केसरियामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निवासलाई लक्षित गरेर ड्रोन आक्रमण गरिएको खबर प्राप्त भएको छ ।
मागेन डेविड आदोम एम्बुलेन्स सेवाका अनुसार, अक्रेमा एक व्यक्तिको मृत्यु भएको छ । हिजबुल्लाहको रकेटले उनको सवारीसाधनलाई ठक्कर दिएको थियो, शनिबार बिहान तीव्र रकेट आक्रमणहरुको बीचमा यो घटना भएको थियो । हिजबोल्लाहले शनिबार बिहान इजरायलमा २०० भन्दा धेरै रकेट आक्रमणहरु गरेका छन
आज बिहान भएको आक्रमणको बारेमा बताउदै , N12 द्वारा उद्धृत गरिएको एक इजरायली अधिकारीले भने, “शनिबार ईरानले इजरायलका प्रधानमन्त्रीको हत्या गर्ने प्रयास गरेको बताए ।”
आफ्नो निवासलक्षित ड्रोन हमलापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूलाई कुनै पनि कुराले रोक्न नसक्ने र विजय हासिल नहुँदासम्म हमासविरुद्धको युद्ध जारी रहने बताएका छन्।
बीबीसीका अनुसार उत्तरी इजरायलको सिजरियास्थित नेतान्याहुको निवासमा शनिबार ड्रोन आक्रमण भएको हो।
लेबनानतर्फबाट ३ वटा ड्रोन प्रहार गरिएकामा एउटा नेतन्याहुको घरमा खसेको तर त्यहाँ उनी नबस्ने भएकाले कुनै मानवीय क्षति भने नभएको बताइएको छ।
यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानका केही भागका मानिसहरूलाई थप कारबाहीका लागि आफ्ना घर खाली गर्न आग्रह गरेको छ।
इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा भनेका छन्, ‘तिमीहरू हिजबुल्लाहसँग सम्बन्धित भवनहरू नजिकै बसिरहेका छौ। जसविरुद्ध इजरायली सेनाले आगामी दिनमा कारबाही गर्नेछ।
हिजबोल्लाहको रकेट आक्रमण अझ भयनाक बन्दै
IDF का अनुसार, शनिबार दिउँसो सम्म लेबनानमा आधारित आतङ्कवादी संगठन हिजबोल्लाहले इजरायलतर्फ कम्तीमा २०० रकेटहरु प्रहार गरेका थिए।
यसअघि, केसरियामा एउटा विस्फोट भएको सुन्नमा आएको थियो जब लेबनानबाट प्रक्षेपण गरिएको ड्रोनले उक्त सहरको एउटा भवनमा ठक्कर खाएको थियो। पुलिस घटनास्थल पत्ता लगाउन पुगेको थियो।
दुई अन्य ड्रोनहरूलाई इजरायली सुरक्षाकर्मीहरूले रोकेका थिए। यस घटनाले गिलोट सैनिक आधारमा अलार्म बजाएको थियो, तर पछि सेनाले उक्त क्षेत्रमा कुनै ड्रोन नभएको जानकारी दिएको थियो।
केसरियामा प्रक्षेपण गरिएको ड्रोनले प्रधानमन्त्री नेतन्याहुको निवासलाई लक्षित गरेको इजरायली मिडियाले साउदी टीभी समाचार च्यानल अल-हादाथलाई उद्धृत गर्दै जनाएका छन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार नेतन्याहु र उनकी पत्नी त्यहाँ उपस्थित थिएनन्। यस घटनामा कुनै हताहत नभएको बताइएको छ।
केसरियामा आक्रमणका समयमा, तेल अवीवमा साइरनहरू बजेका थिए, तर इजरायली मिडियाले उक्त क्षेत्रमा प्रयोगकर्ताहरूका लागि होम फ्रन्ट कमाण्ड एपमा कुनै सूचना नपठाइएको जानकारी दिएको छ।
आफ्नो निवासमा भएको आक्रमणको प्रयासपछि नेतन्याहुले एक वक्तव्य जारी गर्दै भने, “कुनै पनि आतंवादी तत्वले हाम्रो स्वतन्त्रताको बाटो रोक्न सक्दैन, हामी जित हासिल नभएसम्म अघि बढिरहनेछौं।”
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com