लेबनानको स्वास्थ्य मन्त्रालयले गएको राति इजरायलको आक्रमणमा परेर मर्नेको सङ्ख्या दुई हजार पुगिसकेको जनाएको छ।
यसरी मारिनेमा १२७ बालबालिका तथा २६१ महिला छन्। अमेरिकाले जनाए अनुसार इजरायलले यमनमा हाउथीको नियन्त्रणमा रहेको १५ स्थानमा आक्रमण गरेको छ।
इरानका विदेशमन्त्री अराबास आरागाचीले बेरुत भ्रमणको क्रममा इजरायलले इरानमा आक्रमण गरेमा इरानले जनाउने प्रतिक्रिया विगतको भन्दा धेरै गुणा डर लाग्दो हुने चेतावनी दिएका छन्।
गाजामा गएको एक वर्षमा भएको आक्रमणमा ४१ हजार ८०२ जना मारिएका छन् भने ९६ हजार ८४४ जना घाइते भएका छन्। बेरुतमै भने अहिले विस्थापित हुनेको सङ्ख्याको १२ लाख भन्दा बढी भएको जनाएको छ।
हिजबुल्लाहले शुक्रबार राति दक्षिणी लेबनानमा दुई पक्षीय भिडन्त भएको जनाएको छ। दक्षिणी लेबनानको ओडिएसमा प्रवेश गर्न खोज्दा भिडन्त भएको जनाइएको छ। वाफा न्युज एजेन्सीका अनुसार गाजामा गरिएको पछिल्लो आक्रमणमा ८ जनाको ज्यान गएको छ।
एलियन र कराजामा भएको बम प्रहारमा ५ जनाको ज्यान गएको छ। उत्तर पूर्वको गाफ्रिमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ। अल सफाहमा भएको आक्रमणमा एक जनाका मृत्यु भएको हो।
इजरायली सेनाले थप दुई सहरका लेबनानीलाई निवास छाड्न भनेको छ। इजरायलले ती सहरमा आक्रमण गर्ने जनाउ गर्दै यो सूचना जारी गरेको हो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com