ईरानले इजरायलमाथि प्रत्यक्ष हमला गरेको छ । जसमा १८० बलिस्टिक मिसाइल प्रहार गरिए, जसले इजरायलभरका मानिसहरूलाई आश्रयमा जान बाध्य बनायो ।
मंगलबार राति ईरानले इजरायलमा करिब १८० बलिस्टिक मिसाइलहरू प्रक्षेपण गरेको थियो, जसका कारण तेल अभिभ, जेरुसलेम लगायत सम्पूर्ण इजरायलमा सायरनहरू बज्न थाले ।
यो आक्रमणपछि इजरायली मिडियामा दिएको एक वक्तव्यमा, IDF ले मंगलबार राति मध्यपूर्वभरि शक्तिशाली आक्रमण गर्ने वाचा गरेको छ ।
RAW FOOTAGE: Watch as Iranian missiles rain over the Old City in Jerusalem, a holy site for Muslims, Christians and Jews.
This is the target of the Iranian regime: everyone. pic.twitter.com/rIqUZWN3zy
— Israel Defense Forces (@IDF) October 1, 2024
(हेर्नुहोस् इरानी मिसाइलहरूले जेरुसेलमको पुरानो सहरमा बर्षा गरिरहेको दृश्य।)
इजरायली मिडियाका अनुसार इरानले गरेको रकेट आक्रमणमा वेस्ट बैंकको जेरीको शहरमा खसेका रकेटको टुक्राले एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको बताइएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले वेस्ट बैंकमा एक प्यालेस्टिनी नागरिकको मृत्युको भएको खबर बताए।
मगन डेविड अडोमका CEO एलि बिनले उत्तरी तेल अभिवको जर्ज वाइज स्ट्रिटमा एउटा भवनमा प्रत्यक्ष आक्रमण भएको जानकारी दिए । MDA ले तेल अभिवमा तीनजना मानिसहरू घाइते भएको पुष्टि गर्यो।
मारेभका अनुसार तेल शेवामा एउटा घरमा पनि क्षति भएको समाचार छ। गेडेरा भन्ने स्थानमा रहेको एक खबाद विद्यालयमा प्रत्यक्ष आक्रमण भएको छ, जसले गर्दा ठुलो खाल्डो र विद्यालयको संरचनामा समेत ठूलो क्षति भएको छ, इजरायली मिडियाले जनाएको छ।
४०० विद्यार्थीहरू अध्ययन गर्ने यस विद्यालयका प्रमुखले भने, “केही घण्टा अघि यहाँ सयौं विद्यार्थीहरू रोश हाशानाहको बारेमा अध्ययन गरिरहेका थिए । हामीसँग ठूलो चमत्कार भयो। सबै सकुशल छौं ”
तेल अभिव, डिमोना, नबातिम, होरा, होद हाशरोन, वीरसेवा, र रिशोन लेजिओनमा अन्य धेरै रकेत्का टुक्राहरू खसेका छन्। इजरायली वायु प्रतिरक्षा प्रणालीले सिरियामा उडिरहेका दर्जनौं मिसाइलहरूलाई खसाल्न सफल भएको थियो, सिरियाली सेनाका स्रोतहरूले मिडियालाई बताएका छन्।
इजरायलको तेल अभिभस्थित बेन गुरियन विमानस्थलले सबै अवतरण र उडानहरू रोकिएको घोषणा गर्यो, र सबै रेल सेवाहरू पनि रोकिएका थिए। अवतरणका लागि इजरायल आउदै गरेका विमानहरूले यु-टर्न गरेर फर्किएका थिए। विमानस्थलका गतिविधिहरू केही बेर पछि मंगलबार साँझ पुनः सुरु भए। सुरक्षाका कारण जोर्डन र इराकले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।
राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-ग्विरले १३,००० आपतकालीन स्ट्यान्डबाई टोलीहरूलाई परिचालन गरिएको बताएका छन्, जसलाई तुरुन्तै इजरायलभरि तैनाथ गरिनेछ।
ईरानको क्रान्तिकारी गार्डले घोषणा गर्यो कि यो आक्रमण नस्रल्लाहको हत्या पछि गरिएको हो, र यदि इजरायलले प्रतिकार गर्यो भने उसले अझ गम्भीर र निर्णायक चोट पाउनेछ।
“संयुक्त राज्य अमेरिकासँग संकेतहरू छन् कि इरानले इजरायलमाथि अरुपनि बलिस्टिक मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको छ,” एक अधिकारीले भने।
“हामी यस आक्रमणबाट इजरायलको रक्षा गर्नको लागि सक्रिय रूपमा प्रतिरक्षात्मक तयारीलाई समर्थन गरिरहेका छौं,” अमेरिकी अधिकारीले भने।
“ईरानबाट इजरायलमाथि गरिएको प्रत्यक्ष सैन्य आक्रमणले इरानका लागि गम्भीर परिणामहरू निम्त्याउनेछ,” अधिकारीले जोड दिए।
IDF का प्रवक्ताले बासिन्दाहरूलाई अर्को सूचना नआएसम्म सुरक्षा सतर्कता अपनाउन आग्रह गरे।
“तपाईंले सुन्नुभएका विस्फोटहरू प्रतिरोधबाट उत्पन्न भएका हुन्। हवाई प्रतिरक्षा प्रणालीले सधैं खतराहरू पत्ता लगाएर प्रतिरोध गर्दछ र आकासमै निस्तेज गरिदिन्छ ।”
ईरानले अन्तिम पटक अप्रिलमा इजरायलमाथि आक्रमण गरेको थियो, तर यसको मिसाइलहरू इजरायल, संयुक्त राज्य अमेरिका, फ्रान्स, जोर्डन, र युनाइटेड किंगडमको संयुक्त कारबाहीले रोकिएको थियो।
यसपालीको आक्रमण अप्रिलमा इरानले इजरायलमा प्रक्षेपण गरेका १२० बलिस्टिक मिसाइल, १७० ड्रोन र दर्जनौं क्रुज मिसाइलहरू भन्दा पनि ठूलो र भयानक भएको अनुमान गरिएको छ।
תיעוד: נפילת שברי מיירטים וטילים בים המלח@rubih67
(צילום: יובל אפריאט) pic.twitter.com/ojN9RY8hGA— כאן חדשות (@kann_news) October 1, 2024
तीन जना इजरायली अधिकारीहरूले यसअघि बताएअनुसार यो आक्रमणमा मानवरहित ड्रोन र तेल अभिवको उत्तरमा रहेको तीनवटा सैन्य हवाई बेस र एउटा गुप्तचर मुख्यालयतिर मिसाइलहरू प्रहार गरिएको थियो ।
इजरायल र ईरानबीचको दोस्रो प्रत्यक्ष सैन्य आक्रमण IDF ले पछिल्लो हप्ताहरूमा लेबननमा हिजबुल्लाहका लक्ष्यहरूमा लगातार आक्रमण गरेपछि आएको हो, जसले ईरानको प्रभाव रहेको यो समूहलाई निकै कमजोर बनाएको छ। यसमा हिजबुल्लाहका नेता हसन नस्रल्लाहको हत्या समेत समावेश छ। ईरानले यो आक्रमणको परिणामको चेतावनी दिएको थियो।
मंगलबार साँझै, IDF होम फ्रन्टले प्रायः पूर्वतयारीका कदम चाल्दै, रकेट सायरनहरू बज्नुअघि नै तेल अभिव क्षेत्रका वासिन्दालाई बम आश्रयस्थल तिर जान मेसेज गरेको थियो।
इजरायल र संयुक्त राज्य अमेरिकाले पुष्टि गरेपछि कि इरानले छिट्टै इजरायलमाथि आक्रमण गर्ने योजना बनाएको छ, तेहरानबाट आक्रमण सुरु भइसकेको प्रष्ट भयो ।
केही समयपछि, IDF ले हिजबुल्लाहले तेल अभिव क्षेत्रमा प्रक्षेपण गरेको लामो दूरीको रकेटलाई पनि खसालिएको जनाएको थियो। यद्यपि, ईरानको आक्रमणबाट हुनसकने खतरालाइ ध्यानमा राख्दै IDF ले तेल अभिवका बासिन्दाहरूलाई सुरक्षित स्थानमै बसिराख्न भनेको थियो।
Así pasaron los misiles de Irán por encima de mi departamento en Jerusalem !!! pic.twitter.com/eUMOFGGRgr
— Isaac (@isaacrrr7) October 1, 2024
हागारीले IDF को उच्च तयारीलाई पुन: पुष्टि गरे
IDF का प्रवक्ता ड्यानियल हागारीले IDF को उच्च तयारीको स्थिति र ईरानबाट कुनै पनि र सबै आक्रमणहरूको सामना गर्न तयार रहेको बताए।
“ईरानमा भइरहेको र हुनसक्ने सम्भावित आक्रमणहरूलाई ध्यानमा राख्दै, हामी उच्च तयारीमा छौं। IDF आक्रमण र रक्षा दुवै मोर्चामा तयार र सक्षम छ। यदि ईरानले इजरायलमा आक्रमण गर्यो भने त्यसको सोही अनुसारका परिणामहरु भोग्न पर्नेछ । हाम्रो अमेरिकी साझेदारहरू CENTCOM मा हामीसँग तयार छन्। शत्रुका [कुनै पनि आक्रमण] कसरी सामना गर्ने हामीलाई थाहा छ ।”
अमेरिकी दूतावासले आक्रमणअघि आफ्ना कर्मचारी र तिनीहरूको परिवारलाई सुरक्षित स्थानमा आश्रय लिन सचेत गराएको थियो, र तेल अभिवको उत्तरमा रहेको इजरायली गुप्तचर मुख्यालय अग्रिम रूपमा खाली गरिएको थियो।
अमेरिकाले यस क्षेत्रमा तनावलाई बढ्न नदिन र इरानको प्रतिक्रिया दबाउन सहयोग गर्नका लागि एक विमान वाहकलाई तैनाथ गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com