काठमाडौँ- लेबनानमा निरन्तर हवाइ हमला गरिरहेको इजरायलले आइतबार राति यमनमापनि ठूलो हवाइ आक्रमण गरेको छ। इजरायलले यमनका हुथी बिद्रोहीहरु विरुद्ध बमबारी र रकेट प्रहार गरी १२ वटा जेट, पावर प्लान्ट र होदिया सहरको बन्दरगाह ध्वस्त पारेको छ।
इजरायली आक्रमणमा परी चार इरान समर्थित हुथी विद्रोहीको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएका जनाइएको छ। त्यस्तै आइतबारनै इजरायलले लेबनानका धेरै सहरमा रकेट र बम प्रहारलाई जारी राख्यो।
हमलामा हिजबुल्लाह केन्द्रीय परिषद्का उपप्रमुख नबिल कौक मारिएको इजरायलले बताएको छ। त्यस्तै हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव लेबनानमा फेला परेको छ।
शरीरमा चोटपटकको कुनै निशान नदेखिएको नसरल्लाह निसास्सिएर मृत्यु भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। यसअघि इजरायलले २१ जुलाईमा यमनमा पहिलो पटक आक्रमण गरेको थियो।
हमास विरुद्धको ९ महिनाको युद्धपछि पहिलो पटक इजरायलले यमनमा हुथी विद्रोहीको धेरै स्थानमा हवाई आक्रमण गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ।
आक्रमणपछि इन्धन डिपोमा ठूलो आगलागी भएको थियो। तेल अवीवमा भएको आक्रमणको जवाफमा इजरायलले यमनमा आक्रमण गरेको थियो।
वास्तवमा, हुथी विद्रोहीहरूले जुलाई १९ मा इजरायली शहर तेल अवीवमा ड्रोन आक्रमण गरेका थिए। जसमा एक ५० वर्षीय इजरायलीको मृत्यु भएको थियो।
त्यहाँ करिब १० जना घाइते भएका थिए हमाससँगको युद्धदेखि यमनले इजरायलमाथि हमला गर्दै आएको छ। गत अक्टोबर ७ मा गाजामा हमाससँग इजरायलको युद्ध सुरु भएदेखि यमनका विद्रोहीहरूले इजरायलमाथि लगातार आक्रमण गर्दै आएका छन्।
यमनले इजरायललाई पटकपटक ड्रोन र मिसाइलले निशाना बनाएको छ। यी अधिकांश आक्रमणहरू इजरायली सेना वा यसका सहयोगीहरूले रोकेका छन्।
तर, इजरायलले शुक्रबार (जुलाई १९) मा तेल अभिभमा भएको ड्रोन आक्रमण रोक्न सकेन। हुथीहरूले शत्रु प्रणालीमा प्रवेश गर्न सक्ने नयाँ ड्रोनबाट आक्रमण गरेका थिए।
हुथी विद्रोहीले लाल सागरमा रहेका अमेरिकी अड्डा र व्यावसायिक जहाजमा पनि आक्रमण गरेका छन्। तिनीहरूको उद्देश्य इजरायल पुग्न जहाजहरू रोक्न हो। हुथीहरूले प्यालेस्टिनीहरूलाई समर्थनको रूपमा यी आक्रमणहरू गरेको बताउने गरेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com