धादिङको झ्याप्ले खोलाबाट अहिलेसम्म पहिरोले पुरिएका ३० जनाको शव निकालिएको छ। हिजो शनिबार १४ शव निकालिएकोमा आज दिउँसो १ बजेसम्म थप १६ वटा शव निकालिएको प्रहरीले जनाएको छ।
सनाखत तथा पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको प्रहरीको भनाई छ । धादिङको धुनीबेँसी नगरपालिका– ९ स्थित झ्याप्ले खोलामा शनिबार आएको पहिरोमा परेर बस र हाइस पुरिदा दर्जनौँको मृत्यु भएको थियो ।
चार महिला र १२ पुरुष गरी आज १६ वटा शव निकालिएको हो। सबै शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ ।
गाडीसहित यात्रु पहिरोमा पुरिएका थिए । नागढुंगादेखि झ्याप्ले खोलासम्म मात्रै १० भन्दा धेरै ठाउँमा लेदोसहितको पहिरो खसेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com