नेपाल इजरायल डट कम, जेरुसलेम । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (ईयू) र सहयोगी राष्ट्रहरूले लेबनानमा तत्काल २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । ११ सहयोगी राष्ट्रले यो समस्याको समाधान खोज्न र गाजामा युद्धविरामको प्रस्ताव गरेका छन् ।
अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुस्मनी हाल असह्य भएको बताएका छन् । यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको छ ।
यो लेबनान र इजरायलका जनताको हितमा छैन । इजरायली सेना लेबनानमा प्रवेश गरेर आक्रमण गर्ने सम्भावना बढेको छ । बीबीसी लण्डनका अनुसार इजरायली सेना प्रमुखले त्यस्तो संकेत गरेका हुन् । उनले आफ्ना सैनिकहरूलाई भनेका छन्–हिजबुल्लाहविरुद्धको हवाई आक्रमणले शत्रुको क्षेत्रमा प्रवेश गर्ने बाटो खोल्न सक्छ ।
इजरायलले अर्को युद्ध थेग्न सक्ला ?
युद्धविरामको यो प्रस्ताव इजरायली सेना प्रमुखको एक घोषणापछि गरिएको हो । हवाई हमलापछि इजरायलले लेबनानस्थित हिजबुल्लाहका ठेगानाहरूमा जमिन आक्रमणको तयारी गरिरहेको उनले बताएका थिए ।
इजरायलले विगत तीन दिनदेखि लेबनानस्थित हिजबुल्लाहका ठेगानामा हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ । इजरायली आक्रमणमा हालसम्म करिब ५०० जनाको मृत्यु भइसकेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हिजबुल्लाह लडाकुका शिविर ताकेर अहिलेसम्म हवाई आक्रमण गरिएको र अब जमिनबाटै पसेर उनीहरूलाई पाठ सिकाउने इजरायली सेनाको चेतावनी छ ।
इजरायली सेना प्रमुखले हिजबुल्लाहमाथि गरेको हवाई आक्रमणले ‘दुस्मनको क्षेत्रमा पस्ने’ बाटो खुलाउन सक्ने बताएका छन् । लेफ्टिनेन्ट जनरल हेजरी हालेभीले भनेका छन्, ‘तपाईंले लडाकु विमानको आवाज सुन्नुभयो । हामीले पूरै दिन आक्रमण गरिरह्यौँ । यसको उद्देश्य लेबनानमा सम्भावित रूपमा प्रवेश गर्ने बाटो खोल्नु र हिजबुल्लाहलाई निसाना बनाउनु हो ।’
लेबनानका स्वास्थ्यमन्त्रीले २५ सेप्टेम्बरमा भएको हवाई आक्रमणमा ५० जना मारिएको बताएका छन् । इजरायलले आक्रमणमा हिजबुल्लाहको गुप्तचर, लन्चर्स र हतियार राख्ने क्षेत्रलाई निसाना बनाइएको दाबी गरेको छ ।
लेबनानका विभिन्न क्षेत्रमा इजरायलले अहिलेसम्म हवाई आक्रमण मात्रै गरिरहेको छ । हवाई आक्रमणअघि इजरायलले लेबनानमा पेजर र वाकीटकी विस्फोट गराएको थियो, जसमा ३९ जना मारिए भने अरु सयौँ घाइते भए । तर, अब इजरायली सेना जमिनबाटै लेबनान छिर्ने तयारीमा छ ।
हिजबुल्लाह लडाकुका शिविर ताकेर अहिलेसम्म हवाई आक्रमण गरिएको र अब जमिनबाटै पसेर उनीहरूलाई पाठ सिकाउने इजरायली सेनाको चेतावनी छ ।
इजरायली सेना प्रमुखले हिजबुल्लाहमाथि गरेको हवाई आक्रमणले ‘दुस्मनको क्षेत्रमा पस्ने’ बाटो खुलाउन सक्ने बताएका छन् । लेफ्टिनेन्ट जनरल हेजरी हालेभीले भनेका छन्, ‘तपाईंले लडाकु विमानको आवाज सुन्नुभयो । हामीले पूरै दिन आक्रमण गरिरह्यौँ । यसको उद्देश्य लेबनानमा सम्भावित रूपमा प्रवेश गर्ने बाटो खोल्नु र हिजबुल्लाहलाई निसाना बनाउनु हो ।’
लेबनानका स्वास्थ्यमन्त्रीले २५ सेप्टेम्बरमा भएको हवाई आक्रमणमा ५० जना मारिएको बताएका छन् । इजरायलले आक्रमणमा हिजबुल्लाहको गुप्तचर, लन्चर्स र हतियार राख्ने क्षेत्रलाई निसाना बनाइएको दाबी गरेको छ ।
यो बढ्दो संघर्षलाई रोक्नका लागि कूटनीतिकस्तरमा प्रयास जारी छ । फ्रान्स र अमेरिकाले २१ दिनको युद्धविराम प्रस्ताव गरेका छन् । अमेरिका, युरोपेली संघ र बेलायतजस्ता सहयोगी देशले इजरायललाई हिजबुल्लाहसँग युद्धविराम लागू गर्न माग गरेका छन् । कूटनीतिक तरिकाले समाधान निकाल्न र युद्धविराम गर्नका लागि २१ दिनसम्म युद्ध रोक्न उनीहरूले भनेका छन् ।
इजरायलका लेफ्टिनेन्ट जनरल हालेभीले लेबनानभित्र जमिनी बाटोबाटै छिरेर आक्रमण गर्ने बताएका छन् । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ, ‘हामी हिजबुल्लाहमाथि आक्रमण गरिरहन्छौँ । यो आक्रमण हरेक ठाउँबाट हुनेछ ।’ यो कुरा इजरायलको उत्तरी सीमामा एक अभ्यासका क्रममा सेनासँग भनिएको थियो ।
सेनाको विज्ञप्तिमा भनिएको छ, ‘उत्तरी क्षेत्रमा इजरायली नागरिक फर्किन सकून् भन्ने लक्ष्य प्रस्ट छ । यसलाई हासिल गर्ने प्रक्रिया हामी सुरु गर्दै छौँ । यसको मतलब हामी दुस्मनको क्षेत्रमा पस्नेछौँ ।’
हिजबुल्लाहले किन इजरायलमा हमला गरेको ? ?
हिजबुल्लाहले चाहिँ इजरायलमाथि आक्रमण गर्नुको कारण हमासलाई दिएको समर्थनलाई देखाएको छ ।
हमासको सहायता गरेको भन्दै आक्रमण गरिएपनि इजरायल संग हिजबोल्लाहको जातीय दुश्मनी रहिआएको छ । यिनीहरुले आफ्नो घोषणापत्रमै इस्लामिक मूल्य मान्यताका बिरोधी देशहरु अमेरिका, रसिया, फ्रान्स र इजरायललाई आफ्नो स्थायी शत्रु मान्दै आएका छन । यद्यपि इरान र रसिया मित्रवत भएपछि हाल अमेरिका र इजरायल यिनीहरुका मुख्य शत्रुहरु हुन् । हेज्बोल्लाले पनि हमासले जस्तै अमेरिका र इजरायलको विनाशलाइ नै आफ्नो अन्तिम र मुख्य उदेश्य बनाएको छ ।
हमास संग अधिकांश शक्तिसम्पन्न मुलुकको तुलनामा धेरै ( डेड लाख भन्दा धेरै परिमाणमा रकेट ) हतियारको भण्डार रहेको अनुमान छ । यो इरानद्वारा परिचालित समुह हो ।
गएको अक्टोबर ७ मा इजरायलको दक्षिणी किबुच (किबुच भनेको सामूहिक बस्ती हो जहाँ सबैको सम्पत्ति साझा रूपमा राखिन्छ र भएको नाफा बस्तीमै पुन: लगानी गरिन्छ।) हरुमा हमासले आतंकवादी हमला गरेको थियो । त्यसको भोलि पल्ट इजरायलले हमास अधिनस्थ गाजामा अपहरणमा परेका लाइ फर्काउने अभियान शुरु गयो, त्यहि समयदेखि नै हिज्बोल्लाहले पनि इजरायलको उत्तरतर्फ लेबनानबाट इजरायलमा लगातार रकेट आक्रमण शुरु गरेको थियो ।
तुलनात्मक रुपमा हमास भन्दा हिजबोल्लाह शक्तिशाली मानिन्छ । यी दुवै इरानद्वारा प्रायोजित छद्म युद्ध संचालन गर्ने समुहहरु हुन् तर कट्टर इस्लामिक आवादी भएका ठाउँहरुमा यिनले राजनीतिक पार्टी खडा गरेर सरकारमा शामिल पनि भएका छन ।
गाजामा पूर्ण युद्धविराम नभएसम्म आक्रमण नरोकिने अडान हिजबुल्लाहको छ । हमास र हिजबुल्लाह दुवैलाई इरानको समर्थन प्राप्त छ । दुवै संगठनलाई इजरायल, बेलायत र अन्य केही देशले आतंकवादी घोषित गरेका छन् ।
लेबानानमा नागरिकहरुको जनजीवन अस्तव्यस्त
हिजबुल्लाहको अड्डाहरुमा कारवाही हुने भएकोले ती क्षेत्रहरुभन्दा टाढा जान इजरायली सेनाको तर्फबाट टेक्स्ट म्यासेज र रेकर्डेड भ्वाइस म्यासेज आइरहेको लेबनानवासीले बताएका छन् ।
लेबनानी विद्यार्थी जाहरा सावलीले बीबीसीसित भनेकी छन्, ‘अत्यधिक मात्रामा बम खसिरहेका छन् । बिहान ६ बजे मेरो आँखा बमको आवाजले नै खुल्यो । दिउँसोसम्म बम खस्ने क्रम तीव्र भयो । मैले आफ्नो क्षेत्रमा धेरै ठाउँमा बम खसेको देखेँ । सिसा फुटेको आवाज सुनेँ ।’
आफ्नो क्षेत्रका मानिसहरूले घर छोड्ने हिम्मत नगरिरहेको पनि उनले बताइन् ।
उनले भनिन्, ‘हामी कहाँ जाने ? धेरै मान्छे त अहिले पनि सडकमा फसेका छन् । मेरा धेरै साथी जाममा परेका छन्, किनकि त्यहाँबाट बाहिर निस्कने होड मच्चिएको छ ।’
उत्तरमा बेरुततिर जाने सडकमा जाम छ । ६ लेनको तटीय हाईवेमा दुवैतिरबाट गाडीहरू राजधानीतिर जाने कोसिस गरिरहेका छन् । मानिसहरू टायरेको दक्षिणी शहरको समुद्री तटमा पैदल पनि गइरहेका छन् । दूरदराजका क्षेत्रमा भइरहेको हवाई आक्रमणबाट धुवाँ उडिरहेको छ ।
बुधबार दक्षिणी क्षेत्रको गाउँबाट मानिसहरू उत्तरमा त्रिपोलीतिर बढिरहेका थिए । उनीहरू पूर्णत: थाकिसकेका थिए । बच्चाका बुबाले भने, ‘तपाईं हामीबाट के भनाउन चाहनुहुन्छ । हामी बस्, यहाँबाट निस्कन चाहन्छौँ ।’
बेरुतमा पनि स्थिति सामान्य छैन । एकातिर दक्षिणबाट मानिसहरू कारमा आफ्नो सुटकेस हालेर राजधानीतिर आइरहेका छन् । अर्कातिर शहर छोडेर कतिपय मानिस बाहिर गइरहेका छन् । इजरायली सेनाका तर्फबाट पाएको चेतावनीपछि दक्षिणबाट लेबनानीहरू उत्तरी शहरतिर अघि बढिरहेका छन् ।
एक व्यक्ति आफ्नो छोरालाई लिन स्कुल पुगेका थिए । उनले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘फोन कल्सका कारण हामी यहाँ आयौँ, इजरायली सेनाले हरेकलाई फोन गरिरहेको छ । र, फोनमै धम्क्याइरहेको छ । त्यसैले म यहाँ आफ्नो छोरालाई लिन आएको हुँ । स्थिति धेरै नराम्रो छ ।’
आफ्नी श्रीमतीसँग बेरुतबाट बाहिर गइरहेका एक प्यालेस्टाइनी मोहम्मदले लेबनानको राजधानी बेरुत पनि सुरक्षित नरहेको बताए । इजरायलले हरेक ठाउँमा बम खसाल्ने धम्की दिइरहेको उनको भनाइ छ । उनले भने, ‘यो भयभीत स्थिति हो । काम गर्ने कि, घर जाने कि के गर्ने, मलाई थाहा छैन ।’ (एजेन्सीहरुको सहयोगमा)
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com