काठमाडौं- झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायीका रुपमा चिनिने प्रसाईं र दुईजना युट्युबरविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । यस कुराको पुष्टि जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले गरेका छन् ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले बुधबारै राति केही युट्युबरसँग आफूलाई पक्राउ गर्नुको पृष्ठभूमि बताउँदै त्यसको दोष प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख सल्लाहकार विष्णु रिमालमाथि थोपरे ।
यद्यपी उनको पक्राउ पुर्जी भने ज्वाला संग्रौला नामक एक युवतीको चरित्र हत्या गरेको कारण जारी भएको हो । उनी संगै दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ आदेश भएको छ । गत साउन २० गते उनले युट्युबरसँग एउटि महिलाको महिलाको चरित्र हत्या गर्ने गरी आपत्तिजनक अन्तर्वार्ता दिएका थिए
प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।
‘हामीले भिडियो बनाएर अपील गरेपछि पैसा जम्मा भएको हो । पैसा जम्मा भएपछि यिनीहरू ब्युँतिएका हुन् । कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भएका छन् । जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईंलाई हल्लाउन खोज्छन्’,
उनले ज्वालाप्रति तितो पोख्दै भनेका थिए, ‘फेसबुकमा जुन कुरा आएको छ, त्यसमा गाली कसले खाएको छ ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईं हल्लिँदैन । मैले लाश ल्याउँदा सुन ल्याएँसमेत भने । जेलमा बसेका भाइहरूलाई उतै मर्न दिनुपर्ने रहेछ । अब उनैले गरुन् । जापानमा वेश्यावृत्ति गर्नेले गरुन् । अर्कालाई केटी मिलाइदिने, आफू पनि वेश्यावृत्ति गर्नेले गर्नु । फेसबुकमा लेख्न जानेँ भनेर हालिछन् । यस्ता छन् नयाँ पार्टीका नेता, नयाँ पार्टीका मेम्बर । आफू केही राम्रो नगर्ने, अर्काको खोइरो खन्ने मात्रै गर्दा रहेछन् ।’
उनले प्रसाईंविरुद्ध आफूले हालेको उजु्रीका आधारमा साइबर क्राइममा पक्राउ पुर्जी जारी भएको पनि बताएकी छन् ।
जापानमा लामो समय बसेकी ज्वाला चार वर्षअघि नेपाल फर्किएपछि सामाजिक अभियन्ता बनिन् । २०७९ वैशाखमा राप्रपामा लागेकी उनी त्यसपछि रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी बन्दा त्यतै प्रवेश गरिन् । उनी २०८० फागुनमा रास्वपाकी केन्द्रीय सदस्य भइन्। अहिले ज्वाला रवि लामिछाने पत्नी निकिताले खोलेको नारी टेलिभिजनमा ‘माइतीघर’ कार्यक्रम चालउँछिन् ।
उनले फेसबुकमा लेखेकी छिन
दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी भएको कुनै नेता या सरकारको विरोध गरेर होइन। वहाँले एउटी छोरीको सरे आम चरित्र हत्या गरेर, वेश्या बनाएर, मानवता विरुद्धको अपराध गरेर पक्राउ पुर्जी जारी भएको हो। पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनु पर्छ, त्यो दुर्गा दाइलाई राम्रोसँग थाहा छ। हिजो एउटा अन्तर्वार्ता हेरे! जब आफूमाथि पक्राउ पुर्जी जारी भो, तब जापानमा भएकी छोरीलाई फोन गरेर भावुक हुनु भो रे।
वाह! दुर्गा दाइ!! आफ्नी जापानमा रहेकी छोरी चाहिँ देवी, लक्ष्मी, माता,, अनि अरूका छोरी जो आफ्नो दुख गरेर , हजारौँलाई सहयोग गरेर, अन्याय विरुद्ध बोलेर हिँडेकाहरू चाहिँ जापानमा वेश्यावृत्ति गर्ने, रात भरी सातजना सङ्ग चढ्ने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने? कहाँबाट यस्तो बोल्ने हिम्मत आउँछ दाइ? के यो दुर्गा माताकै आशीर्वाद हो ?
तपाईँले एउटी छोरी समानकी चेलीको चरित्र सरे आम हत्या गर्नु भएको छ। मर्न बाध्य बनाउनु भएको छ। डिप्रेसनमा पुर्याउनु भएको छ। तपाईँले मानवता विरुद्धको अपराध गर्नु भएको छ। तपाईँले बोलेका शब्दहरू न सुन्न लायक छन् , न माफीका किरदार नै छन् । होला, तपाईँले धेरै चेलीलाई लाई उद्धार गर्नु भो। तर सय जना उद्धार गरे भन्दैमा एक जना लाई मार्न पाइन्छ भनेर कुन कानुनमा लेखिएको छ? अब जे गर्छ कानुनले गर्छ। कानुन भन्दा माथि कोही छैन , हुँदैन र हुनुहुँदैन !
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com