आइतबार बिहान इजरायलको मध्य क्षेत्रभरि अप्रत्याशित रूपमा साइरन बज्न थालेपछि २३,६५,००० भन्दा बढी मानिसहरूले आश्रय खोजे, जसले लामो समयसम्म शान्त रहेको इजरायलको वातावरणलाई भंग गर्यो ।
बिहान सबेरै लगभग ९० सेकेन्डसम्म खतराको घन्टी साइरन सक्रिय भए, यसले ठूला क्षेत्रहरू जस्तै तेल अभिभ क्षेत्र, तटीय मैदान, यरकन क्षेत्र, यहुदिया फूटहिल्स र समारियाका केही भागहरू समेट्यो।
इजरायल डिफेन्स फोर्स (IDF) ले यमनबाट इजरायलको हवाई क्षेत्रतर्फ आएको सतहदेखि सतहसम्मको क्षेप्यास्त्र भएको पुष्टि गर्यो। अधिकारीहरूले स्थानीय बासिन्दाहरूले सुनेका ठूला विस्फोटहरू रोकथाम मिसाइल संग जुध्दा उत्पन्न भएको बताए । क्षेप्यास्त्रका टुक्राहरु केफार ड्यानियल र गेजर पावर स्टेशनको बीचमा खुल्ला क्षेत्रमा झरेको बताइएको छ। पछि मोडिन ट्रेन स्टेशन नजिकै एक रोकथाम मिसाइलको अवशेष पनि फेला परेको थियो।
यस घटनामा पाँच जना व्यक्तिहरूलाई सामान्य चोटपटक लागेको छ, जसमा उनीहरू सुरक्षित स्थानतर्फ जाँदै थिए। अहिलेसम्म होम फ्रन्ट कमाण्डसँगको परामर्शपछि कुनै नयाँ निर्देशन जारी गरिएको छैन र शैक्षिक संस्थाहरू आफ्नो नियमित तालिकामा सञ्चालन भइरहेका छन्। यद्यपि अधिकारीहरूले सतर्कताको स्तर बढाएका छन्, र उत्तरी क्षेत्रका विद्यार्थीहरूले आफ्नो विद्यालय सामान्य समयभन्दा ढिला सुरु हुनेछ ।
यमनी आतंकवादी समूहका राजनीतिक ब्यूरोका सदस्य हिजाम अल-असदले हुथी नेता अब्दुल-मालिक अल-हुथीको तस्बिर साझा गर्दै लेखे, “तिमी भूमिगत आश्रयमा होस् या बाहिर, आज दिउँसो यो महान् नेता, सत्य वक्ता र इमान्दार व्यक्तिको भनाइलाई ध्यानपूर्वक सुन्नुपर्नेछ।”
यमनी निर्वासित र इजरायल समर्थक लुइ अहमदले आइतबार लेखे, “हुथी आतंककारीहरूले फेरि इजरायलतर्फ मिसाइल प्रहार गरिरहेका छन्। हरेक मिसाइलको लागत एक मिलियन डलरभन्दा बढी हुन्छ । यद्यपि, १० मिलियनभन्दा बढी यमनी बालबालिका भोकमरीको चपेटामा परेका छन्। यस्तो काम केवल यहूदीविरोधी आतंककारीहरूले मात्र गर्छन्।”
यो क्षेप्यास्त्र आक्रमण महिनौं पछि केन्द्रीय इजरायलमा भएको पहिलो घटना हो, जब एउटा मिसाइल समुद्रमा खसेको थियो तर चेतावनी प्रणाली सक्रिय भएको थिएन। त्यसको एक महिना अघाडि, हुथी विद्रोहीहरूले यमनबाट पठाएको एउटा ड्रोनले तेल अभिभको केन्द्रीय क्षेत्रमा प्रहार गरेको थियो, जसमा एक इजरायली नागरिकको मृत्यु भएको थियो र इजरायली वायु सेनाले यमनी बन्दरगाह होडेदाहमा अभूतपूर्व आक्रमण गरेको थियो।
आइतबार प्रमुख जनसंख्या केन्द्रहरू ओआर येहुदा, येहुद-मोनोस्सन, किर्यत ओनो, खुलोन, रमत गान, रिशोन लेजिओन, रेखोभोत, लोद, नेस जियोना, रामले, मोडिन, एलाद र शोहाम लगायतका ठाउँहरूमा खतराको साइरन गुन्जिएको थियो। चेतावनी प्रणाली लाट्रुन क्षेत्र र समारियाका केही भागहरूमा पनि सक्रिय भएको थियो। केन्द्रीय इजरायलमा महिनौंसम्म कुनै चेतावनी प्रणाली सक्रिय भएको थिएन।
एक वरिष्ठ हुथी अधिकारीले गत साता भनेका थिए, “आगामी दिनहरूमा इजरायल र अमेरिकाले सोच्दै नसोचेका आश्चर्यजनक हमला हुनेछन्” जुलाईदेखि हुथीहरूले होदेधाह बन्दरगाहमा इजरायलको आक्रमणको जवाफ दिने धम्की दिइरहेका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com