हमास र हिजबोल्लाह संग निरन्तर युद्धरत इजरायलमा आपतकाल घोषणा गरिएको छ। इजरायलको उत्तरी सिमानातर्फ हिजबुल्लाहसँगको तनाव उत्कर्षमा पुगे पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशभर आपतकाल घोषणा गरेका हुन्।
इजरायली सैनिक IDF र हिज्बुल्लाहल आइतबार बिहान उत्तरमा संघर्षको नयाँ, अझ खतरनाक चरणमा प्रवेश गरेका छन, जसमा सयौं वायुसेना जेटहरूले हिज्बुल्लाहको हजारौं रकेट प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरिरहेका छन ।
इजरायली गुप्तचरहरूले हिज्बुल्लाहले वर्तमान युद्धमा सबभन्दा ठूलो आक्रमण गर्न लागेको जानकारी पाएका थिए, जसमा तेल अविव र इजरायलको मध्य भागमा आक्रमण गर्नेसम्मको योजना हिज्बुल्लाहले गरेको थियो ।
बीबीसीका अनुसार प्रधानमन्त्री नेतन्याहूले हिजबुल्लाहको विभिन्न केन्द्रमाथि आक्रमण गरिएको हुँदा उसको जवाफी कारबाहीलाई ध्यानमा राखी ४८ घन्टाका लागि देशभर आपतकाल लागू गरिएको बताए । शनिबार राति IDF मुख्यालयमा नेतन्याहू र रक्षा मन्त्री योआव गलान्टले हिज्बुल्लाहविरुद्धको यस पूर्वनिर्धारित कारबाहीलाई स्वीकृति दिए र बिहान करिब ७ बजे सुरक्षा क्याबिनेटलाई एकत्रित गरिरहेका थिए।
राजधानी तेल अभिवमा इमरजेनसी नेशनल सेक्योरिटी मिटिङ्गलाई सम्बोधित गर्दै भने, ‘हामी आफ्नो देशको रक्षा गर्न र आफ्ना नागरिकलाई सुरक्षित रूपले उनको घरसम्म पुर्याउनका लागि तयार छौं। जोकोहीले हामीलाई चोट पुर्याउने काम गर्छ हामी पनि उसलाई चोट दिन्छौँ।’
उनले इजरायली सेना हिजबुल्लाहको आक्रमणको तयारीबारे पत्ता लगाउन दिनरात खटिरहेको पनि बताए।आइतवार उत्तरी इजरायलमा रकेट आक्रमणका कारण साइरन बन्ज थालेको छ। हालसम्म आक्रमणमा भएको मानवीय वा अन्य क्षतिबारे कुनै जानकारी सार्वजनिक भएको छैन।
आईडीएफले एक बयान जारी गर्दै हिजबुल्लाहले लेबनानको तर्फबाट सयौं रकेट इजरायलमाथि आक्रमण गरेको बताएको छ । हिजबुल्लाहले पनि इजरायलमा ३२० भन्दा बढी रकेट आक्रमण गरिएको पुष्टि गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com