काठमाडौं । लेबनानमा रहेका हिजबोल्लाह समुहले उत्तरी इजरायलमा निरन्तर रकेट आक्रमण जारी राखेपछि इजरायलले लेबनानमा हिजबोल्लाह बिरुद्ध जवाफी कार्वाही बढाएको छ । यसै क्रममा इजरायलले लेबनानको दक्षिणी सहर नाबातीहमा गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले संचारकर्मीहरुलाई जानकारी दिए
फिरास अबियादका अनुसार सो भवनमा सिरियाली शरणार्थीहरू बस्दै आएका थिए । लेबनानको सरकारी समाचार एजेन्सीले मारिनेमा दुई बालबालिका समेत रहेको जनाएको छ ।
इजरायलले हिजबुल्लाहको हतियार गोदामलाई निशाना बनाएको बताएको छ ।
लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाह कमाण्डर मारिएपछि दुई देशबीचको तनाव निकै बढेको छ ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
























