इजरायल–हमास द्वन्द्वका बीचमा ‘अल आइज अन राफा (All EYES ON RAFAH)’ यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा छ । कैयाैं सेलिब्रेटीहरू, खेलाडीहरू लगायतका सेलिब्रटिज तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यसलाई आफ्नो स्टाेरीमा सेयर गरिरहेका छन्।
धेरैले याे स्टाेरी शेयर गरेतापनि कैयाैंले भने याे स्टाेरीकाे अर्थ बुझ्न सकेका छैनन् । खासमा, अल आइज अन राफाह स्टाेरीले इजरायलले रफाहमा गरेकाे हवाई आक्रमणलाई जनाउँछ ।
उक्त आक्रमणमा परी बालबालिकासहित ४५ सर्वसाधारण मारिएका थिए। हमासलाई ध्वस्त पार्न इजरायली सेनाले रफाहमा गरेको आक्रमणले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गरेको छ। संसारका भरका मानिसहरूले आफ्नो सामाजिक सञ्जालमा ‘अल आइज अन राफा’ भन्दै पाेस्ट प्रयोग गरिरहेका छन् । कैयाैंले त्यहाँका विभत्स तस्बिर, भिडियाे र केहिले बाबालिकाका मार्मिक सम्झना सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमा ट्रेन्ड भएपछि इजरायलले प्रतिक्रिया दिएको छ । इजरायलले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई हमासले इजरायलमा हमला गर्दा उनीहरूले किन यसबारे केही पोस्ट गरेनन् भन्दै प्रश्न गरेकाे छ ।
खासगरी, गत वर्षकाे अक्टोबर ७ मा हमासले इजरायलमा प्रवेश गरी हमला गरेको थियो जसमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश इजरायली नागरिक रहेका थिए। जसमा १० जना नेपालीहरू पनि परेका थिए ।
आक्रमणपछि हमासका आतंककारीहरूले २५० भन्दा बढी इजरायली र विदेशीहरूलाई बन्धक बनाएर गाजामा लगेका थिए। यस द्वन्द्वका बीच हमासले केही बन्धकहरूलाई रिहा गरेको भए पनि ९९ जना बन्धकहरू अझै हमासको हिरासतमा रहेको इजरायलको विश्वास छ। बन्धक मध्ये ३१ को मृत्यु भइसकेकाे छ।
तीमध्येका एक नेपाली विद्यार्थी विपिन जोशी अझै पनि बन्धक नै रहेका छन् । पटकपटक उनकाे रिहाइका लागि आवाज उठिरहेका छन् र उनलाई छुटाउन आवश्यक सबै किसिमको पहल जारी राखिएको सरकारले बताइरहेकाे छ।
इजरायलको जवाफी हमला
इजरायली राष्ट्रपति बेन्जामिन नेतान्याहुको सरकारले सामाजिक सञ्जाल प्लेटफर्म X मा ‘ALL EYES ON RAFAH’ लाई लिएर प्रतिक्रिया दिएका छन्। उनले तस्विरसँगै पोस्ट गरे जसमा लेखिएको थियो, ‘अक्टोबर ७ मा तपाइँको आँखा कहाँ थियो? हामी अक्टोबर ७ को बारेमा कुरा गर्न कहिल्यै बिर्सने छैनौं। हामी बन्धकहरूको लागि लड्न कहिल्यै बिर्सने छैनौं’। उनले हमास आतंकवादीसँग एक बालकको तस्बिर पनि सेयर गरेका छन् ।
हामी तपाईलाई बताउछौं कि करिब ४५० लाख भन्दा धेरै मानिसहरूले इन्स्टाग्राममा आफ्नो पोस्ट र स्टोरीहरूमा ‘ALL EYES ON RAFAH’ सेयर गरेका छन्। ‘ALL EYES ON RAFAH’ क्याप्शनको साथ सार्वजनकि गरिएको तस्बिरमा राफाको दृश्य वर्णन गरिएको छ। यो तस्बिरले गाजामा इजरायली सेनाको आक्रमणबाट बच्न रफाह भागेका हजारौं प्यालेस्टिनीहरूकाे अवस्था दर्शाउँछ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com