काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी गाजापट्टीको रफाहमा एउटा सुरुङ ध्वस्त गरिएको जनाएको छ । दुई किलोमिटर लामो सुरुङ आतंकवादीले बल निर्माण र आतंककारी गतिविधिका निम्ति प्रयोग गरेका बताइएको छ ।
राफामा अवस्थित रहेको सुरुङ निकै फराकिलो थियो र विस्फोटनका लागि बनाइएका ढोकाहरू थिए, जहाँ AK-47, एन्टी-ट्याङ्क मिसाइलहरू, आतंकवादी गतिबिधिका लागि प्रयोग हुने सामाग्रीका साथै विस्फोटकहरू जस्ता हतियारहरू भण्डारण गरिएको थियो।
आईडीएफ सेनाले बुधबार घोषणा गरे अनुसार, इजरायली सेनाले यो धेरै महत्त्वपूर्ण सुरुङ फेला पारेको हो ।
यो सुरुङ फिलाडेल्फी कोरिडोरसम्म पुगेको थियो । IDF ले बताए अनुसार उनीहरुले देइर अल-बलाह, गाजाका UN पोस्टमा लुकाइएका फायर रकेट लन्चरहरू पनि नष्ट गरेका छन ।
१२औं ब्रिगेड, गिभाती ब्रिगेड, ४०१औं ब्रिगेड, यहालोम इकाई र इकाई ५०४ का युद्ध टोलीहरूले १६२औं डिभिजनको कमाण्ड अन्तर्गत राफाह क्षेत्रमा पछिल्ला केही हप्ताहरूमा सटीक, गुप्तचर-आधारित, लक्षित अपरेसनहरू सञ्चालन गर्दै आइरहेका छन् ।
अपरेसनहरूका क्रममा, सेनाले फिलाडेल्फी कोरिडोरसम्म पुग्ने लामो सुरुङ मार्गमा पुग्ने केही साना सुरुङ शाफ्टहरू फेला पारे। सुरुङ मार्ग लगभग दुई किलोमिटर लामो थियो र यस क्षेत्रमा अन्य धेरै मार्गहरूमा जडान गरिएको थियो ।
यो पनि पढ्नुहोस – सामाजिक संजालमा भाइरल “सबैको आँखा राफाहमा” यो के भनेको हो ?
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com