नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- एनआरएनए इजरायलको वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरे प्रथम
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको प्रमुख आतिथ्यमा एनआरएनए इजरायलको अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता, यी हुन ३० प्रतिस्पर्धी
- राजदूत धनप्रसाद पण्डितले विपीन जोशीको स्थितिबारे इजरायली अधिकारीहरूसँग जानकारी लिए
- गाजा युद्धविराम प्रस्तावलाई हमासको स्वागत, इजरायलको अस्वीकार
- विपिन जोशी जीवित छन् : इजरायली राजदूतावास
- ट्रम्पको हमासलाई कडा चेतावनी : म राष्ट्रपति बन्नु अघि नै बन्धक रिहा गर, नत्र गम्भीर परिणाम भोग्नुपर्ला
- हमास र फतहबीच गाजाको युद्धपछिको व्यवस्थापन कसले गर्ने भन्नेबारे सम्झौता नजिक
- जति जति दिनहरु बित्दै जान्छ, त्यति नै मनभित्र पीडा र अन्योलता बढ्छ – एक बन्धकको मार्मिक भिडियो सन्देश
काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले बिहीबार परराष्ट्रमन्त्री एनपी साउदलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार परराष्ट्रमन्त्रीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको छ ।
नेपाली नागरिक तथा प्रवासमा कार्यरत गैरआवासीय नेपाली नागरिकहरूसँग सम्बन्धित विषयलाई यथाशीघ्र सम्बोधन गर्न आग्रहसहित परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । हमास समूहले इजरायलमा हमला गरी नेपाली युवा विपिन जोशीलाई बन्धक बनाएको धेरै दिन भएको अवस्थामा उनको रिहाईका लागि कूटनीतिक पहल तीव्र बनाउन आग्रह गरिएको छ ।
अवैध बाटो हुँदै नेपाली नागरिकहरू विदेशी सेना (रुस) मा भर्ना भएका र भर्ना भएकाहरूमध्ये केही नेपालीको निधन भएका समाचारहरू अहिले सार्वजनिक भएको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपाल सरकारले स्पष्टसँग आफ्नो धारणा सार्वजनिक गरेर भर्ना भएका नेपाली नागरिकहरूलाई यथाशक्य छिटो नेपाल फर्काउन सार्थक पहल गर्न आग्रह गरिएको छ ।
मध्यपूर्वको बाटो हुँदै अवैधरुपमा विभिन्न देशमा पुग्ने नेपालीहरू ठगिने क्रम जारी नै रहेकाले यसलाई बन्द गर्नका लागि प्रत्येक दूतावासमा प्रहरी सहचारीको आवश्यकता रहेको जानकारी गराइएको छ । यसका लागि यथाशीघ्र व्यवस्था गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
मध्यपूर्वमा अहिले सबैभन्दा ठूलो समस्याको रुपमा पासपोर्ट नवीकरणको विषय रहेको ज्ञापनपत्रमा उल्लेख छ । ‘अहिले पनि इराकमा झण्डै १२ हजारभन्दा बढी नेपालीहरू बस्दै आएकोमा अहिले त्यहाँ ६०० भन्दा बढीको पासपोर्टको म्याद सकिएको अवस्था छ । जसले गर्दा उनीहरू इराकबाट बाहिर जान पाइरहेका छैनन् । यो विषयमा हामीले केही समयदेखि परराष्ट्र मन्त्रालयमा अनुरोध गर्दै आएका छौं । अझै सम्म त्यहाँ घुम्ती टोली नपुगेको हुँदा यथाशक्य छिटो घुम्ती टोली पठाई पासपोर्ट नवीकरणको लागि सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।
गैरआवासीय नेपाली नागरिकता वितरण भइरहेकोमा खुशी व्यक्त गरिएको छ भने अझै सहज तरिकाले पाउने व्यवस्था गर्न आग्रह गरिएको छ । ‘अहिले पनि कतिपय ठाउँहरूमा एनआरएन नागरिकताको अधिकारको विषयमा बुझाइमा एकरूपता आउन नसकेकाले सरकारी कार्यालयमा अप्ठ्यारो परेका कुराहरू हामीसँग आइरहेका छन् । यस विषयमा पनि परराष्ट्रमन्त्रीज्यूको ध्यानाकर्षण गराइएको छ ।
हालै पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय गरेर राजदूत सिफारिस गरिएकोमा नेपाल सरकारलाई हार्दिक बधाई ज्ञापन गर्दै माल्टा, रोमानिया, टर्की लगायत अन्य मुलुकहरुमा पनि राजदूतावास स्थापनाको पहल गर्न अनुरोध गरिएको छ । माल्टा, रोमानिया, टर्की लगायतका देशमा नेपालीहरूको संख्या बढ्दै गएको र दूतावास नहुँदा राहदानी नवीकरण लगायतका कुराहरू अप्ठ्यारो परेको पनि जानकारी गराइएको छ । ती देशमा नेपाल सरकारले राजदूतावास स्थापना गर्ने निर्णय पनि गरिसकेको अवस्थामा कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउन पनि अनुरोध गरिएको छ
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :