काठमाडौं- गाजामा जमिनबाट हमाशबिरुद्ध युद्ध गरिरहेका इजरायली सैनिक बिरामी पर्न थालेका छन्। इजरायलका चिकित्सकका अनुसार उनीहरुमा शिगेला फैलिन थालेको हो।
युद्धका कारण रहेको फोहरका कारण र असुरक्षित भोजनले रोग फैलिएको मानिएको छ।
असुता असडोड युनिभर्सिटीको संक्रामक रोग विभागका निर्देशक डा टाल ब्रोचका अनुसार इसरायली डिफेन्सो फोर्सेस (आइडीएफ)का कति चिकित्सकले त्यहाँ रहेका सैनिकमा पेटको गम्भीर समस्या पत्ता लागेको छ।
उनीहरुको यसको पहिचान शिगेलाका रुपमा गरेका छन्। कति सैनिकलाई क्वारेन्टाइन गरिएको छ भने कतिलाई फिर्ता पठाउन थालिएको छ।
डा ब्रोचका अनुसार रोग फैलिनुको स्पष्ट कारण भोजन हो। उनले अन्य हानिकारक ब्याक्टिरिया पनि हुन सक्ने बताएका छन्।
संसारमा शिगेला ८ करोडदेखि १६.५ करोड प्रभावित छन्। यसले ६ लाखको मृत्यु हुने गरेको तथ्यांक छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com