काठमाडौँ — रुसको आर्मीको तर्फबाट युक्रेनसँगको युद्धमा सहभागी भएका केही नेपालीको मृत्यु भएको छ । केही अहिले पनि युद्ध लडिरहेका छन् । युद्धमा सामेल भएका मध्ये एकजना सिद्धार्थ ढकाल अहिले युक्रेनको नियन्त्रणमा छन् ।
दुई महिना अघि मात्र रसिया पुगेका उनले युक्रेनले कब्जामा राखेको स्थानबाट एउटा भिडियो सन्देश पठाएका छन् । उक्त सन्देशमा उनले कसैलाई पनि रुस नजान अपिल गरेका छन् । रुसी सेनाले मानिसलाई जंगली जनावरको जस्तो व्यवहार गर्ने गरेको उल्लेख गरेका छन् । रुस जाने तयारीमा रहेकाहरु सबैलाई नेपालमै बस्न र रुसमा पुगिसकेकाहरुलाई रुसी सेनासँग कुनै सम्झौतामा हस्ताक्षर नगर्न भनेका छन् ।
उनले भिडियो सन्देशमा भनेको कुरा जस्ताको तस्तै :
नमस्ते म ढकाल सिद्धार्थ । सबैलाई नमस्कार छ । म रसिया आएको लगभग दुई महिना पुरा भयो । म यहाँ आएर धेरै दु:ख पाएँ । मैले पैसाको लागि रसियन मिलिटरीमा जोइन गरे । तर त्यहाँ नेपालीहरुलाई अति नै गार्हो छ। पहिले सुरुमा भाषाको समस्या छ । कमाण्डरहरुले पनि राम्रो व्यवहार गर्दैन । सुरु सुरुमा नेपाली हो राम्रो गर्न खोज्छ । तर अन्तिममा तिनीहरुले हाम्रो लागि राम्रो गर्दैन । पछि धेरै हेप्न थाल्छ । तिनीहरुले हामीलाई क्याप्चर गरेर राख्छ ।
रसियन आर्मीहरु राम्रो छैनन् । तिनीहरुले धेरै स्वतन्त्रा दिँदैनन् । सबैजना जो जसले कन्ट्राक्याट साइन गर्नु भएको छैन, सबै जनाले साइन नगर्नेु होला । जो जसले नेपालबाट रसिया आउने तरखरमा हुनुहुन्छ, त्यो मान्छेहरु कोही पनि रसियामा नआउनुहोस् । किनभने यहाँ धेरै गार्हो छ । जिन्दगीको सवाल छ ।
यहाँ मनिसको कुनै सवाल छैन । हामीलाई जंगली जनावरको रुपमा हेर्छन् । त्यहाँ गार्हो छ । बाँच्नका लागि । कोही साथी मरिसके । मसँग आएका साथीहरु पनि कोही मरिसके । कुनै एक्स आर्मी साथीहरु पनि थिए तिनीहरुपनि गइसके । म पनि यता छु । जहाँसम्म म त सकुशल नै हुनसक्छु तर के हुन्छ पछिको कुरा मलाई थाहा छैन ।
सकेसम्म नआउनुहोस्-‘मनी इज नट एभ्रिथिङ’ । पछि आफूले कमाउन सकिन्छ ।जे गरेर भए पनि । बरु ढुंगा बोकेर भएपनि कमाउन सकिन्छ । रसियामा नआउनुहोस् । मेरो भनाई मान्नुहोस् । मलाई यहाँ गार्हो चाहिँ छैन। म आफ्नो भोगाइ भोग्नका लागि सक्षम छु । म आफू धेरै दु :ख भोगेको मान्छे हो फेरि पनि भोग्न सक्छु । तर मैले भोगेजस्तो दु: ख तपाईंहरुले पनि भोग्न नपरोस् भन्न चाहन्छु ।
धन्यवाद ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com