इजरायल -हमास युद्ध:
जेरुसलेम इजरायल । मध्यपूर्वका प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको राहत संस्था (UNRWA) का कर्मचारी इजरायलमा भएको ७ अक्टोबरको आतंकवादी हमलामा सम्मिलित भएको प्रमाण फेला परेको छ ।
यसैबिच सामाजिक संस्थाका कर्मचारी नै आतंकवादी हमलामा सहभागी भएको गम्भीर आरोप लागेपछि बेलायतले (यूएनआरडब्ल्यूए) को फण्डिङ रोक्ने घोषणा गरेको छ । अमेरिका, अष्ट्रेलिया, इटली, क्यानडा र जर्मनी लगायतका प्रमुख दाता राष्ट्रहरुले संयुक्त राष्ट्रसंघको यूएनआरडब्ल्यूएलाई प्रदान गर्दै आएको सहयोग रोक्ने घोषणा गरेका छन । साथै उनीहरुले उक्त आरोप माथि अनुसन्धान गर्न निर्देशन समेत दिएका छन ।
हमलामा सहभागी
इजरायल रक्षा बल (IDF)का सूत्रहरूले बताएका अनुसार UNRWA का १२ कर्मचारीले ७ अक्टोबरको आतंकवादी हमलामा भाग लिएका थिए, जसका कारण इसराइलमा १,२०० जनाकाे अाम हत्या भएको थियाे । उनीहरूले पनि याे पनि बताएका छन् कि UNRWA का स्टाफहरूको बारे जानकारी ती आतंकवादीहरूबाट आएको थियो जसलाई इजरायलले गिरफ्तार गरेकाे थियाे ।
१२ कर्मचारी निलम्बन
UNRWA प्रमुखले शनिबार एक विज्ञप्तिमा भनेका छन्, “आतंकवादी कृत्यहरूमा सम्मिलित कुनै पनि UNRWA कर्मचारीलाई आपराधिक मुद्दा चलाइनेछ।” उनीहरूले विज्ञप्तिम इजरायलका अधिकारीहरूले आफ्नो स्टाफहरूको संलग्नताका बारेमा सप्रमाण जानकारी दिएको बताएका छन् । इजरायलका अनुसार ७ अक्टोबरको हमलामा UNRWA का वाहनहरू पनि प्रयोग गरिएको थियो । UNRWA ले आतंकावादी हमलामा भाग लिएका १२ कर्मचारीलाई तत्काल निलम्बन गरेको छ ।
कारबाहीमा इजरायल रक्षा मन्त्रीको भनाइ
UNRWA कर्मचारीहरूलाई बर्खास्त गरेकोपछि इजरायलका रक्षा मन्त्री योव गैलेन्टले सोशल मिडिया पोस्टमा गर्दै लेखेका छन “मानवीय कार्यहरूको खोजमा आतंकवाद संयुक्त राष्ट्र र तिनीहरूले प्रतिनिधित्व गरेको सिद्धान्तहरूको अपमान हो।” संयुक्त राष्ट्र महासचिवका प्रवक्ताले “UNRWA को तत्काल र व्यापक पुनरावलोकन हुने” जानकारी दिएका छन् ।
फण्डिङ रोक्ने घोषणा
अमेरिकी परायण विभागले पनि एक विज्ञप्तिमा उसलाई इजरायलको आरोपबाट धेरै डर लागेको बताएको छ र उसले UNRWA लाई दिइने अतिरिक्त अनुदानलाई अस्थायी रूपमा रोकेको छ। अमेरिका UNRWA को महत्वपूर्ण दाता राष्ट्र हो ।अमेरिकाले २०२२ मा UNRWA लाई ३४० मिलियन डलरको सहयोग गरेको थियो ।
गत ७ अक्टुबरमा इजरायलमाथि हमास लडाकुहरुले गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारी पजि संलग्न रहेको आरोप लागेपछि संयुक्त राष्ट्र संघ लगायत विश्वका प्रमुख राष्ट्रहरु स्तब्ध बनेका छन् । सो हमलामा १० नेपाली विद्यार्थीको समेत हत्या भएको थियो ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com