
यूएई । नेपाली दूतावास यूएईले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सभ्य बन्न अनुरोध गरेको छ । पछिल्ला दिनहरुमा मादक पदार्थ सेवन गरी झैँझगडा गर्ने प्रवृत्ति बढेको भन्दै यूएईको सम्बन्धित निकायबाट जानकारी आएको र यस्तो विज्ञप्ति निकालेर सचेत गराउनु परेको दुतावासले जनाएको हो ।
युएईमा मादक पदार्थ सेवन गरी झैँझगडा गर्ने नेपालीहरुको संख्या बढेपछि अबुधाबीस्थित नेपाली दूतावासले सभ्य बन्न आग्रह गरेको हो ।दूतावास परिसर बाहिर हुलहुज्जत गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई गालीगलौज गर्नेहरुलाई यूएईको कानूनअनुसार कारबाही हुने व्यहोरा अवगत गराएको छ ।
दूतावासले यूएईको ऐन, नियम, कानून, मूल्य–मान्यताको पूर्ण पालना गरी सोही अनुसार व्यवहार गर्न यूएईमा रहने नेपालीहरुलाई आग्रह गरेको छ ।
यूएईमा रहने सबै नेपालीहरु नेपालको सद्भावना दूत रहेको जनाउँदै आफू रहेको, बसेको र कार्य गर्ने स्थलमा सभ्य व्यवहार प्रदर्शन गर्न दूतावासले सबै नेपालीहरुलाई आग्रहसमेत गरेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























