प्यालेस्टिनी इस्लामिक अतिवादी समूह हमासद्वारा इजरायलमा भएको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ । सो आक्रमणलाई समर्थन गर्दै इजरायलको उत्तरतर्फको सिमाना लेवनानबाट समेत हिजबोल्लाहद्वारा आक्रमण हुन थालेको हुंदा इजरायलमा कार्यरत नेपालीहरु बन्करभित्र लुकेर बस्न बाध्य हुनुभएको छ ।
छिन छिन बज्ने साइरनको आवाज र सम्भावित भयावह दुर्घटनाको त्रासले उहाँहरु विक्षिप्त हुनुहुन्छ र यथाशीघ्र सुरक्षित रुपमा नेपाल फर्कन चाहनुहुन्छ । कृषि अध्ययन र कामका लागि आउनुभएका उहांहरु अत्यन्त त्रासद अवस्थामा उद्घारको प्रतिक्षामा रहनुभएको छ । हालसम्म कुटनैतिक नियोग, परराष्ट्र मन्त्रालय र सम्बन्धित विश्वविद्यालयबाट कुनै पनि ठोस पहल नभएकोले १,२ दिनदेखि एकै ठाउँमा लुकेर बस्न बाध्य हुनुहुन्छ । त्यसैले हामी यथाशीघ्र उहाँहरुको उद्धार होस भन्ने कामना गरौँ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com