काठमाडौं– शनिवार बिहान इजरायलमा भएको हमासका आतंककारीको आक्रमणबाट घाइते भएका नेपाली विद्यार्थी प्रविण डाँगीको शल्यक्रिया सफल भएको छ ।
इजरायलको एउटा एउटा अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको डाँगी आफैंले भिडियो सन्देशमार्फत दिएका छन् ।
अस्पतालको बेडबाटै उनले भिडियोमा आफ्नो शल्यक्रिया सफल भएको तथा आफू स्वस्थ्य हुँदै गएको खबर आफ्नो घरसम्म पुर्याइदिन आग्रह गरेका छन् ।
डाँगीले आफ्नो दाङस्थित परिवारका सदस्यको मोबाइल नम्बर दिँदै भनेका छन् –‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’
दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो । उनी गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने अध्ययनका लागि इजरायल पुगेका थिए ।
प्रविणको अपरेसन सफल भएपछि उनले बुवा निमबहादुर डाँगीलाई समेत फोन सम्पर्क गरेको बताइएको छ ।
This is an advertisement, click here to display your banner
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com