गत अक्टुबर ७ तारिख प्यालेस्टिनी अतिवादी समुह हमासको आक्रमण्मा परी ज्यान गुमाउन पुगेका १० नेपाली विद्यार्थी मध्य ५ जनाको शव नेपाल सरकार ले प्राप्त गरेको छ ।
नेपाली दूतावास तेल अभिभले आइतबार विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो ।
दूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएकामध्ये नारायणप्रसाद न्याैपाने लाेकेन्द्रसिंह धामी गणेशकुमार नेपाली दिपेशराज विष्ट र आशिष चाैधरीकाे शव प्राप्त भएकाे छ । उनीहरु लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायलमा कृषि प्रशिक्षार्थीको रुपमा कार्यरत थिए ।
आक्रमणमा परि ज्यान गुमाएका अन्यकाे शव प्राप्त हुने क्रममा रहेकाे पनि दूतावासले जनाएकाे छ ।
यस्तै, सम्पर्कविहीन रहेका विपिन जाेशीकाे खाेजी भइरहेकाे विज्ञप्तिमा जनाइएको छ ।
आक्रमणमा परि घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका र २ जनाकाे उपचार भइरहेकाे छ ।
गत हप्ता ‘सिडट निजेभ एग्रिकल्चर सेन्टर’ अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत रहेकै बेला हमासकाे आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
इजरायलबाट नेपाल फर्कनका लागि अनुरोध फाराम
नेपालीहरुको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशनसम्बन्धी जरूरी सूचना:
ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरु गरेको छ। यस प्रक्रियामा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरुले तलको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्नुहोलाः
यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्नुहोला। सम्पर्कका लागि:
१. श्री अर्जुन घिमिरे, प्रथम सचिव – 0528289300
२. श्री संजय कुमार साह, सहचारी – 054-5582077
राजदुताबास फोन – 03-510-0111
इमेल – nepal.embassy@012.net.il
www.il.nepalembassy.gov.np
-नेपाली राजदूतावास
तेल अविव, ईजरायल।

https://docs.google.com/…/1FAIpQLSfQmNnUyTsp08…/viewform
यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्नुहोला। सम्पर्कका लागि:
१. श्री अर्जुन घिमिरे, प्रथम सचिव – 0528289300
२. श्री संजय कुमार साह, सहचारी – 054-5582077
राजदुताबास फोन – 03-510-0111
इमेल – nepal.embassy@012.net.il
www.il.nepalembassy.gov.np
-नेपाली राजदूतावास
तेल अविव, ईजरायल।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com