प्यालेस्टिनी अतिवादी समूह हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउन पुगेका विद्यार्थी साथीहरुको सम्झनामा सॅँगै इजरायलमा भएका र बाँचेर फर्किएका साथीहरुले वृक्षारोपण कार्यक्रमको आयोजना गरेका छन ।
उनीहरु लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेको छोटो समयमै हमासको आकस्मिक आक्रमणमा परेका थिए ।
इजरयलबाट फर्किएका विद्यार्थी सुरज भन्डारीले फेसबुकमा एक सूचना राखेर पोखरामा हुनुभएका कृषि विद्यार्थीहरु, कृषि शिक्षकहरू, कृषिसँग सम्बन्धित सम्पूर्ण कर्मचारीहरु तथा कृषि कर्मीहरु र कृषिलाई माया गर्ने सम्पूर्ण व्यक्तित्वहरू लगायत पत्रकार साथीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन ।
उनले लेखेका छन –
इजरायल र हामसको द्वन्द्वको चपेटामा परेर आफ्नो ज्यान गुमाउने १० जना सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थी साथीहरुको सम्झनामा भोली दिउँसो ठीक ३ बजे देखि भेला हुने गरी पोखरा -१७ ड्यामसाइड पार्कमा बृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएका छौं ।
पोखरामा हुनुहुने कृषि बिद्यार्थीहरु, कृषि शिक्षकहरू, कृषिसँग सम्बन्धित सम्पूर्ण कर्मचारीहरु तथा कृषि कर्मीहरु र कृषिलाई माया गर्ने सम्पूर्ण व्यक्तित्वहरू लगायत पत्रकार साथीहरु समयको ख्याल गरेर उल्लेखित समयमानै कार्यक्रममा उपस्थिति भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
साथै नेपालीहरुको महान पर्व विजय दशमी पनि सम्पूर्ण नेपालीको घर आगनमा आइसकेको हुँदा, विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम पनि रहने जानकारी गराउँदछु ।
समय: दिउँसोको ठीक ३ बजे
स्थान:- पोखरा -१७ ड्यामसाइड पार्क
आयोजक : PAAN
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com