तेल अविव – गत महिना अक्टोबर ७ तारिखका दिन हमासको आतंककारी आक्रमणमा मारिएका १० नेपालीसहित इजरायली सुरक्षा फौज तथा बिदेशी नागरिकहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै तेल अविवमा शोक सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन भएको छ ।
एनआरएन इजरायलले आयोजना गरेको शोक सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम हिजो नोभेम्बर ६ तारिखका दिन तेल अविवको लेभेन्सकी पार्कमा राखिएको थियो ।
एनआरएन इजरायलका अध्क्षय श्रीकृष्ण भण्डारीको सभापतित्वमा सम्पन्न शोक सभा तथा दीप प्रज्ज्वलन कार्यक्रममा इजरायलमा रहेका विभिन्न संघ संस्था र त्यहाँ कार्यरत नेपालीको सहभागिता रहेको थियो ।
सभालाई समापन सम्बोधन गर्दै अध्क्षय भण्डारीले नेपालमा इजरायलले हमासमाथि गरेको प्रत्याक्रमणको विरोधमा देखा परेको र्याली र समर्थनप्रति चर्को असन्तुष्टि राख्दै बिरोध गरेका छन् ।
नेपालमा प्यालेस्टाइनको समर्थनमा देखा परेको मानव अधिकारबादीहरुको र्याली र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाराईले प्यालेस्टाइनको समर्थन गरेको बिषयलाई इजरायलबासी नेपालीहरुले चर्को बिरोध र असन्तुष्टि व्यक्त गरेका छन् ।
एक मिनेट मौन धारण गरेर शुरु भएको शोक सभामा नेपाल र इजरायलको राष्ट्र गान बजाईएको थियो ।
इजरायलको कृषि कार्यक्रम ‘लर्न एन्ड अर्न’ अन्त्तर्गत आएका १० जना नेपाली बिद्यार्थीहरु इजरायल आएको एक महिना नपुग्दै अक्टोबर ७ को हमासको आतंककारी आक्रमणमा परेर ज्यान गुमाउनुपरेको थियो ।
मारिने नेपालीहरूमा धनुषाका आनन्द साह, कैलालीका नारायण प्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दिपेश राज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरी रहेका छन्।
आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना नेपाल पुगिसकेका छन् र एक जना इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन् ।
आपतकालिन स्थितिमा इजरायलमा कार्यरत नेपालीहरुलाई गैरआवासीय नेपाली संघ इजरायलले सक्ने सहयोग उपलब्ध गराउदै आईरहेको छ ।
बेपता भएका बिपिन जोशीको सम्बन्धमा पनि नेपाल सरकार र नेपाली राजदुताबास राजदूतावासले इजरायल सरकार मार्फत सक्दो पहल गरिरहेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com