तेल अविव -प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीलाई किबुज अलुमिमबाट विद्रोही समूहले आफूसँगै लगेको औपचारिक पुष्टि भएको छ ।
नेपाली राजदूतावास तेल अविवले आज सोमबार मध्यराती प्रेस विज्ञप्ति निकालेर जानकारी उक्त जानकारी दिएको हो ।
इजरायलली सेनाको प्रवक्ताको भनाईलाई उद्धरित गर्दै राजदूतावासले जोशीलाई हमासले लगे तर त्यसपछिदेखि अहिले सम्म जोशीको स्थिति यकिन नभएको भन्दै फेला पार्न नसकिएको प्रष्ट पारेको छ । र जोशीको खोजि कार्य जारी रहेको बताएको छ ।
केहीदिन अघि मात्रै विपिनको परिवारले, उनको खोजी र सकुसल उद्दारका लागि पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेको थियो ।
गत असोज २० (अक्टोबर ७ ) मा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।
अपहरणपछि बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बंकरमा नै थिए । लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए । पछि लडाकुहरूले विपिनलाई किबुज अलुमिमबाट थाइल्यान्डका नागरिकसँगै लगेको गोरखाका हिमाञ्चल कट्टेलले त्यो बेला नै बताएका थिए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com