नेपाल तामाङ घेदुङ इजरायलको तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशन सम्पन्न
तेल अविव /इजरायल -नेपाल तामाङ घेदुङ इजरायलको तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशनले रोजि मोक्तान तामाङलाई नयाँ अध्क्षयको रुपमा सर्वसमत चयन गरेको छ ।
शनिबार १८ नोभेम्बर २०२३ मा जुम अनलाइन मार्फत सम्पन्न तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशनले रोजि मोक्तान तामाङको नेतृत्वमा ४३ सदसीय नयाँ कार्यसमिति सर्वसमत चयन गरेको छ।
संस्थाका निवर्तमान अध्क्षय छत्र गोले तामाङ सभापतित्वमा सम्पन्न तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशनको प्रमुख अथितीमा नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङ रहेका थिए भने विशिष्ठ अतिथिहरुमा नेफिन इजरायलका अध्क्षय कुमार आङ्देम्बे, अन्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष चम्पा डोल्मा बोम्जन तामाङ र नेपाल तामाङ घेदुङ इजरायलका संस्थापक अध्यक्ष बिबि योन्जन रहेका थिए ।
पेमा पाख्रिन तामाङको संयोजकत्वमा सुन्दर योन्जन तामाङ र उर्मिला पाख्रिन तामाङसहितको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।
यस्तै संस्थाको प्रमुख सल्लाहकारमा निवर्तमान अध्क्षय शङ्खर गोले तामाङ तथा सल्लाहकारहरुमा नानीमाया योन्जन तामाङ, सुनीता मोक्तान तामाङ, एलिजा दोङ तामाङ, जुनिमाया घिसिङ तामाङ, छिरिङ डोल्मा रुम्बा तामाङ र सुमित्रा मोक्तान तामाङलाई चयन गरेको छ । साथै संरक्षक परिषदका सदस्यहरुमा सुन्दर सिंह योन्जन तामाङ, उर्मिला लामा पाख्रिन तामाङ र पेमा लामा पाख्रिन तामाङलाई चयन गरेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com