गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) इजरायलको कार्यसमितिको १३ जुलाई २०२५ आइतबार ३२औँ कार्यसमितिको औपचारिक बैठक अनुसार अन आर एन ए इजरायलको नवौँ अधिवेशन गर्ने निर्णय गरेको छ ।
एन आर अन ए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकले आगामी २७ जुलाई २०२५ आइतबार एनसीसी इजरायलको गौरवमय नवौँ महाअधिवेशन आयोजना गर्ने महत्त्वपूर्ण निर्णय संस्थाकी सल्लाहकार तथा सामाजिक अभियन्ता नितु खतिवडा ज्यूलाई निर्वाचन समिति संयोजकको जिम्मेवारी प्रदान गरेको छ।
एनआरएनए–एनसीसी इजरायलले यो महाअधिवेशन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाली राजदूतावास इजरायल, यहाँका सबै सामाजिक, राजनीतिक, जातीय र धार्मिक सङ्घसंस्थाहरू, सक्रिय सञ्चारकर्मीहरू तथा सम्बन्धित सबैलाई हार्दिक अपिल गरेको छ।
यस महत्त्वपूर्ण आयोजनाले इजरायलमा बसोबास गर्ने नेपाली समुदायमा एकता, सहभागिता र विकासका नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com